Logo

२०८३, आश्विन १०गते


images
images

एमाले पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ

एमाले पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ

images
  • एमाले पूर्व सांसद लक्ष्मी महतो कोइरी पक्राउ
    images
    images

    महोत्तरी । नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ परेका छन् । ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा उच्च अदालतको फैसलाअनुसार कैद सजाय ठहर भएपछि उनलाई विहिबार पक्राउ गरिएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आज साँझ करिब ६ बजे जिल्लामहोत्तरीको गौशाला नगरपालिका-५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट पूर्व सांसद कोइरीलाई पक्राउ गरिएको हो ।

    images
    images
    images

    २०७२ भदौ २५ गते ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या भएको घटनामा चलेको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरले २०८३ असार १७ गते कोइरीलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।