Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

इन्धनको मुल्यमा व्यापक कटौतीपछि निजी पेट्रोल पम्प बन्द

इन्धनको मुल्यमा व्यापक कटौतीपछि निजी पेट्रोल पम्प बन्द

images
  • इन्धनको मुल्यमा व्यापक कटौतीपछि निजी पेट्रोल पम्प बन्द
    images
    images

    काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य घटाएपछि काठमाडौँमा निजी पेट्रोल पम्प बन्द देखिएका छन् ।

    images
    images
    images

    बुधबार निजी पम्पले इन्धन वितरण गरेका छैनन् भने नेपाली सेना, प्रहरी र सशस्त्रका पम्पमा ठुलो लाइन देखिएको छ । 

    images
    images
    images

    मूल्य कटौती गरिएको भन्दै निजी पेट्रोल पम्प सञ्चालकहरूले भने इन्धन बिक्री बन्द गरेका छन् । काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा पेट्रोल भर्न मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधनको लामो लाइन देखिएको छ । त्यस्तै काठमाडौँ बाहिरका अधिकांश स्थानमा पनि निजी पेट्रोल पम्प बन्द गरिएको जानकारी प्राप्त भएको छ ।

    images
    images
    images

    निगमले आजदेखि लागु हुने गरि पेट्रोल, डिजेल-मट्टितेल, खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य घटाएको थियो ।

    नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल-मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको छ । मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १९७ रुपैयाँ र डिजेल-मट्टितेलको प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ। एलपी ग्यासको आधा सिलिन्डरको मूल्य १०३० रुपैयाँ तथा पूरा सिलिन्डरको मूल्य २०६० रुपैयाँ निर्धारण गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पेट्रोल पम्प
  • # इन्धन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।