देवदह । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत देवदह नगरपालिकाको नतिजा सार्वजनिक भएको छ। जस अन्तर्गत नगर प्रमुखमा एमालेका धुब्र प्रसाद खरेल निर्वाचित भएका छन् । खरेलले १२ हजार ९४३ मत प्राप्त गरेका छन् । खरेलले नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका हिरा बहादुर खत्रीलाई १६२० मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । खत्रीले ११ हजार ३२३ मत पाएका छन् ।
त्यस्तै उपप्रमुखमा एमालेकै बिद्यालक्ष्मी गुरुङ निर्वाचित भएकी छन् ।गुरुङले १३ हजार ७८४ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सुन्दरी गिरिले ७ हजार २९० मत प्राप्त गरेकी छिन् ।
त्यसैगरी देवदहमा रहेका १२ वडा मध्य ६ वडामा नेपाली कांग्रेसले अध्यक्ष जितेको छ भने ५ वटा वडामा एमाले विजयी भएको छ । वडा नं. ११ मा भने राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । कुल ४८ हजार २९१ मतदाता रहेको देवदह नगरपालिकामा ३६०२० मत खसेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology