ज्यो. पं युबराज अधिकारी । आज मिति २०७८ बैशाख २२ गते बुधवार । तदनुसार ५ मे २०२१ । श्री विष्णुजीको दर्शन गरी आजको राशिफल हेर्नुहोस ।
पञ्चाङ्ग
वि.सं. वैशाख २२, २०७८ । ई.सं. 05 May, 2021 । शक संवत् - १९४३ । नेपाल संवत् - ११४१ चौलागा । चन्द्रमा - उत्तरायण । ऋतु - वसन्त । वार - बुधवार । वैशाख कृष्णपक्ष । तिथि - नवमी , १७:३२ बजे उप्रान्त दशमी । नक्षत्र - धनिष्ठा , १३:२४ बजे उप्रान्त शतभिषा । योग - ब्रह्म , २३:२८ बजे उप्रान्त ऐन्द्र । करण - तैतिल ५:४५ बजेदेखि गर , १७:३२ बजे उप्रान्त वव । चन्द्रराशि - कुम्भ । आनन्दादि योग - मित्र । दिनमान ३३ घडी ०९ पला । सूर्योदय बिहान ५:२४ । सूर्यास्त साँझ १८:३९ । पञ्चक ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,ली,लु,ले,लो,अ)
कामहरु बन्दै जानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । पराक्रम बढनेछ । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)
आज मन प्रसन्न रहनेछ । भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
सन्तान तथा परिवारसंग मतभेदका कारण विवाद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । सरकारी काममा झमेला हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुने छैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । अध्ययनको क्षेत्र त्यति फलदाइ हुने छैन ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो
मनमा चिन्ता बढ्नेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । चीसोले समस्या पार्नेछ । चोटपटकको संभावना छ । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्नेछ । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । प्रेममा सफल हुने दिन छ । मनमा धार्मिक भावना प्रवल रहेको छ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । श्रीमती / प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ । मनले चिताएको काम पुरा हुनेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहनेछन ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
मिहनेतसाथ गरेको कामपनि विग्रनेछ । यात्रा अर्थपूर्ण हुने छैन । स्वास्थ्यमा समस्या देखिनेछ । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । पानीबाट हानीहुने योग छ । काम विग्रने खालको समय छ । आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
आकस्मिक धनलाभ हुने योग छ । उपहार प्राप्तिले मन प्रसन्न रहनेछ । प्रेममा सफल हुने योग छ । व्यवसाय राम्रो रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । शत्रु पराजित हुनेछन । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
मनमा असन्तोष बढने छ । घाँटिमा समस्या आउनेछ । पढाइमा मन लाग्ने छैन । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नुहोला अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । स्त्रीसुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायबाट प्रसस्त आम्दानी होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउनेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जाने छैन । व्यर्थ भ्रमण हुनेछ । व्यवसायमा घाटा होला । काममा बाधा उत्पन्न हुनेछ । फजुल खर्च बढ्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology