Logo

२०८३, आश्विन ९गते


images
images

भेनेजुएलाको भूकम्पमा फुटबल खेलाडीको पनि मृत्यु

भेनेजुएलाको भूकम्पमा फुटबल खेलाडीको पनि मृत्यु

images
  • भेनेजुएलाको भूकम्पमा फुटबल खेलाडीको पनि मृत्यु
    images
    images

    काठमाडौँ । भेनेजुएलामा आएको विनाशकारी भूकम्पले फुटबल जगतलाई पनि ठूलो क्षति पुगेको छ । भूकम्पमा परेर राष्ट्रिय टोलीका उदाउँदा खेलाडीसहित केही युवा फुटबलरको ज्यान गएको छ भने अन्य खेलाडीका परिवार पनि प्रभावित भएका छन् ।

    images
    images
    images

    भेनेजुएलाको राष्ट्रिय टोली र भेनेजुएला फुटबल महासंघका अनुसार १८ वर्षीय युवा खेलाडी यिमभेर्ट बेरोतेरानको भूकम्पमा मृत्यु भएको छ । उनले केही महिनाअघि दोहामा सम्पन्न १७ वर्षमुनिको विश्वकपमा भेनेजुएलाको प्रतिनिधित्व गरेका थिए भने हालै २० वर्षमुनिको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए ।  

    images
    images
    images

    यस्तै, युवा फुटबलर भिक्टर पालासियोस र रजान सिजाको पनि भूकम्पमा ज्यान गएको उनीहरूका क्लब र फुटबल महासंघले पुष्टि गरेका छन् ।

    images
    images
    images

    यसैबीच, जुलिया फुटबल क्लबका रक्षक हेक्टर बेलोले सामाजिक सञ्जालमार्फत भूकम्पका क्रममा आफ्नी जीवनसाथीको मृत्यु भएको जानकारी दिएका छन् । उनका अनुसार श्रीमतीले भूकम्पका बेला सानो छोरीलाई जोगाउने प्रयास गर्दा ज्यान गुमाएकी हुन् । बेलोकी छोरी र उनकी फुपू भने घाइते अवस्थामा अस्पतालमा उपचाररत रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भेनेजुएला भूकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।