Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा ६० प्रतिशत मतगणना : प्रमुख र उपप्रमुखमा एमालेको अग्रता (उम्मेदवारको मत सहित)

देवदहमा ६० प्रतिशत मतगणना : प्रमुख र उपप्रमुखमा एमालेको अग्रता (उम्मेदवारको मत सहित)

images
  • देवदहमा ६० प्रतिशत मतगणना : प्रमुख र उपप्रमुखमा एमालेको अग्रता (उम्मेदवारको मत सहित)
    images
    images

    देवदह । देवदह  नगरपालिकामा ६० प्रतिशत बढी मतगणना सम्पन्न भएको छ । यो समाचार तयार पार्दासम्म २१ हजार ८ सय मतगणना भएकोमा प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । हालसम्म प्रमुखमा एमालेका ध्रुब प्रसाद खरेलले ७२५६ मत प्राप्त गरेका छन् भने कांग्रेसका हिराबहादुर खत्रीले ६८२२ मत प्राप्त गरेका छन् । यसरी हेर्दा खत्री खरेलभन्दा ४ सय बढी मतले पछाडि परेका छन् । 

    images
    images
    images

    सुरुवाती अग्रता लिएका खत्रीलाई वडा नं. २ ले थोरै पछी धकेलेको थियो । त्यसपछि क्रमश वडा नं. ५ र ६ मा खत्री पछि परेपछि हाल मतान्तर ४ सय नाघेको हो । यद्यपि अझै  ४० प्रतिशत गणना बाँकि नै रहेकोले नतिजा कस्को पक्षमा आउँछ भनेर आँकलन गर्न सक्ने अवस्था छैन ।

    images
    images
    images

    त्यसैगरी प्रमुख पदका अर्का प्रत्यासी राप्रपाका माधव रिमालले २०३५ मत प्राप्त गर्दा जनमुक्तिले २६७, जनमत पार्टीले २११, एकीकृत समाजवादीले १७४, मंगोल अर्गनाइजेसनले १५३, नेपाल दलित पार्टीले ७४, राष्ट्रिय जनमोर्चाले १६ र पुतली चिन्हले १ मत प्राप्त गरेकोछ ।

    images
    images
    images

    यता नगर उपप्रमुखमा एमालेकै विद्यालक्ष्मी गुरुङले फराकिलो मतान्तरले अग्रता कायम गरिरहेकी छन् । उनलाई माओवादी केन्द्रकी सुन्दरी गिरीले पछ्याईरहेपनि मतान्तर अत्यन्तै फराकिलो भएकोले गिरि निकै पछि परेकी छन् । उपप्रमुखमा हालसम्म गुरुङले ७७३४ र गिरीले ४१६५ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी राप्रपाकी निर्मला जीसीले २६९२ मत पाएकी छ्न भने जनमत पार्टीले ३७५, मंगोल अर्गनाइजेसनले २५६, एकीकृत समाजवादीले २०८, नेपाल दलित पार्टीले ९५ र स्वतन्त्र उम्मेदवार प्रेम थापाले १५३ मत प्राप्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।