Logo

२०८३, आश्विन १०गते


images
images

रास्वपाको महाधिवेशन प्रतिनिधि ३ हजार ८४९ कायम, यसरी चयन गरिदै नयाँ नेतृत्व

रास्वपाको महाधिवेशन प्रतिनिधि ३ हजार ८४९ कायम, यसरी चयन गरिदै नयाँ नेतृत्व

images
  • रास्वपाको महाधिवेशन प्रतिनिधि ३ हजार ८४९ कायम, यसरी चयन गरिदै नयाँ नेतृत्व
    images
    images

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्द सत्र केहि बेरमा शुरु हुदैछ । प्रतिनिधि विवादका कारण सोमबार विहानदेखि नै शुरु हुनुपर्ने बन्द सत्र आज दिउसो २ बजेदेखि शुरु गर्ने तयारी भएको छ ।

    images
    images
    images

    यसअघि रास्वपाले महाधिवेशनका प्रतिनिधि टुंगाएको छ । यसअघि ४२ सय भन्दा बढी प्रतिनिधि रहेकोमा अन्तत: ३ हजार ८४९ प्रतिनिधि कायम गरिएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी जानकारी दिएका छन् ।

    images
    images
    images

    उनले सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथिको उजुरी छानबिनपछि ३ हजार ८४९ प्रतिनिधि कायम भएको भएका छन् ।

    images
    images
    images

    बन्दसत्रका सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्ने र छलफल गर्ने, दिउँसो २ : ३० बजे कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन पेश गर्ने र छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

    यसैगरी ३ बजे महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन पेश गर्ने र छलफल हुने, ३ : ४५ बजे पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव गर्ने र अनुमोदन गरिने छ।   महामन्त्री बुर्लाकोटीले  अपरान्ह ४ : ४५ मा उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव, पार्टी सभापति रवि लामिछानेले दिउँसो ५: १५ राजनीतिक प्रतिवेदन पेश गर्ने र पार्टी सभापति लामिछानेले ६ : ३५ बजे अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको जानकारी दिए ।

    बन्दसत्र ढिला गरि शुरु हुने भएकाले रास्वपाको महाधिवेशन लम्बिने देखिएको छ । आज उम्मेदार दर्ताको प्रक्रिया शुरु भएपनि निर्वाचन भने बुधबार हुने देखिएको छ ।

    रास्वपाको यस प्रथम महाधिवशेनले नयाँ कार्यसमिति समेत चयन गर्नेछ । रास्वपाको नयाँ कार्यसमिति १५८ सदस्यीय बन्दैछ जसमा १९ जना पदाधिकारी रहनेछन् । जसमा सभापति एक जना, वरिष्ठ नेता एक जना, उपसभापति कम्तिमा एक महिलासहित तीन जना, महामन्त्री दुई जना, सहमहामन्त्री कम्तीमा एक महिलासहित पाँच जना, कोषाध्यक्ष एक जना, सहकोषाध्यक्ष दुई जना, प्रवक्ता एक जना र सहप्रवक्ता तीन जनाको पदाधिकारी रहने छ । त्यस्तै सात प्रदेशका सभापति स्वत: केन्द्रीय सदस्य हुने नयाँ विधानमा व्यवस्था गरिएको छ । 

    त्यसैगरी ९९ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ५१ जान सभापतिबाट मनोनीत गरिने व्यवस्था गरिएको छ ।

    पहिलो चरणमा एक सभापतिसहित ९९ केन्द्रिय सदस्यको निर्वाचन हुने छ । त्यसपछि दोस्रो चरणमा २ उपसभापति, १ महामन्त्री, ३ सहमहामन्त्रीका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ । त्यस्तै १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, प्रवक्ता र ३ सहप्रवक्ता सभापतिले मनोनीत गर्ने नयाँ विधानमा व्यवस्था गरिएको छ ।

    त्यस्तै वरिष्ठ नेतामा प्रधानमन्त्री समेत रहेका बालेन्द्र शाहलाई निर्बिरोध गरिने र यसका लागि निर्वाचन नहुने भएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।