Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय

इरान युद्धमा विश्व बजारबाट १ अर्ब १५ करोड ब्यारेल तेलको आपूर्ति गायब !

इरान युद्धमा विश्व बजारबाट १ अर्ब १५ करोड ब्यारेल तेलको आपूर्ति गायब !

images
  • इरान युद्धमा विश्व बजारबाट १ अर्ब १५ करोड ब्यारेल तेलको आपूर्ति गायब !
    images
    images

    काठमाडौँ । इरान-अमेरिका सम्झौतापछि यो साता विश्वकै महत्त्वपूर्ण जलमार्ग होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा आएको छ । तर तेल आपूर्तिसम्बन्धी संकट भने अझै पूर्ण रूपमा अन्त्य भइसकेको छैन । विश्लेषकहरूले विश्व बजारमा यसको प्रभाव आगामी केही महिनासम्म कायम रहने चेतावनी दिएका छन् ।

    images
    images
    images

    विश्लेषण संस्था केप्लरको प्रतिवेदनअनुसार करिब चार महिनासम्म चलेको युद्धका कारण विश्व बजारबाट १ अर्ब १५ करोड ब्यारेल तेलको आपूर्ति हराइसकेको छ । यो अभाव तत्काल पूर्ति गर्न नसकिने भएकाले आगामी महिनाहरूमा पनि यसको असर देखिने अनुमान गरिएको छ ।

    images
    images
    images

    प्रतिवेदनअनुसार युद्धको अवधिमा मध्यपूर्वबाट हुने तेल आपूर्ति लगभग ठप्प बनेको थियो । त्यसका कारण विभिन्न देशका रणनीतिक र व्यावसायिक तेल भण्डार तीव्र गतिमा घटेका छन् । पछिल्ला केही महिनामा मात्रै १९ करोड ब्यारेल तेल भण्डारबाट निकालिएको छ ।

    images
    images
    images

    अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको रणनीतिक तेल भण्डार सन् १९९० यताकै न्यूनतम स्तरमा पुगेको छ । त्यस्तै, अमेरिकाको आपत्कालीन तेल भण्डार पनि पछिल्लो ४३ वर्षकै सबैभन्दा तल्लो स्तरमा झरेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सको भर्सायमा सम्पन्न जी–७ बैठकका क्रममा युद्ध अन्त्य नभएको भए अमेरिकाको तेल भण्डार करिब चार साताभित्र सकिन सक्ने अवस्था आउने बताएका थिए ।

    अमेरिका र इरानबीच सम्झौता भएको खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय तेल बजारमा केही राहत देखिएको छ । युद्धका क्रममा प्रति ब्यारेल १२६ अमेरिकी डलरसम्म पुगेको ब्रेन्ट क्रुड तेलको मूल्य अहिले ८० डलरभन्दा तल झरेको छ। तर मूल्य घट्नु मात्रै संकट समाप्त भएको संकेत नभएको विश्लेषकहरूको भनाइ छ ।

    केप्लरको प्रतिवेदनअनुसार होर्मुज जलडमरूमध्य खुले पनि तेल आपूर्ति तत्काल सामान्य अवस्थामा फर्किने सम्भावना छैन । समुद्री मार्गमा बिछ्याइएका बारुदी सुरुङ हटाउनुपर्ने, खाली ट्याङ्करहरू फिर्ता ल्याउनुपर्ने, उत्पादन बढाउनुपर्ने र आपूर्ति प्रणाली पुनः व्यवस्थित गर्नुपर्ने भएकाले यसमा समय लाग्नेछ ।

    तेल उद्योगसँग सम्बन्धित विज्ञहरूका अनुसार सम्पूर्ण प्रणाली सामान्य अवस्थामा फर्किन अझै धेरै महिना लाग्न सक्छ । त्यस अवधिसम्म विश्वले हाल उपलब्ध तेल भण्डारकै भरमा काम चलाउनुपर्ने अवस्था रहनेछ ।

    आरबीसी क्यापिटल मार्केट्सकी हेलिमा क्रफ्टले बजार आवश्यकता भन्दा बढी उत्साहित भएको बताएकी छन्। उनका अनुसार संकट पूर्ण रूपमा समाप्त भइसकेको निष्कर्ष निकाल्नु हतारो हुनेछ, किनभने तेल आपूर्तिलाई पुरानै अवस्थामा फर्काउन अझै धेरै चुनौती बाँकी छन् ।

    इन्फ्रास्ट्रक्चर क्यापिटल एड्भाइजर्सका प्रमुख कार्यकारी अधिकृत जे ह्याटफिल्डले नगद संकटमा परेका ओपेक सदस्य राष्ट्रहरू उत्पादन बढाउन तयार रहेको बताएका छन्। यसले बजारमा थप तेल आपूर्ति बढाउने र मूल्यमा दबाब सिर्जना गर्न सक्ने उनको भनाइ छ ।

    म्याक्वेरी समूहका विश्वव्यापी तेल तथा ग्यास रणनीतिकार विकास द्विवेदीका अनुसार युद्ध सुरु हुनुअघि नै विश्वसँग पर्याप्त तेल भण्डार रहेको थियो। यही कारण यति ठूलो मात्रामा आपूर्ति रोकिँदा पनि बजार पूर्ण रूपमा अस्थिर बनेन ।

    उनले अमेरिकामा डिजेल र पेट्रोलको भण्डार केही घटे पनि अवस्था अझै नियन्त्रणमै रहेको बताए। संकटका बेला प्रशोधन उद्योगहरूले तेल खरिदका लागि धेरै आपूर्तिकर्तासँग सम्पर्क गर्नुपर्ने अवस्था आएको थियो। तर आगामी साताहरूमा अवस्था उल्टिन सक्ने र तेल बेच्ने पक्षले नै खरिदकर्तालाई खोज्ने अवस्था आउन सक्ने उनको अनुमान छ ।

    यद्यपि, युद्धका कारण हराएको १ अर्ब १५ करोड ब्यारेल तेलको अभाव पूर्ति गर्न भने सजिलो हुने छैन। विश्वले दैनिक मागभन्दा ५० लाख ब्यारेल बढी उत्पादन गरे पनि यो कमी पूरा गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ । 

    अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी र अमेरिकी ऊर्जा सूचना प्रशासनका तथ्यांकअनुसार हाल विश्वभर दैनिक औसत १० करोड ३० लाख ब्यारेल कच्चा तेल उत्पादन भइरहेको छ । यसको अर्थ मासिक करिब ३०९ करोड ब्यारेल र वार्षिक झन्डै ३ हजार ७६० करोड ब्यारेल तेल उत्पादन हुने गरेको छ।

    अमेरिका विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक राष्ट्र हो। उसले एक्लैले विश्वको कुल तेल उत्पादनको करिब १३ प्रतिशत हिस्सा ओगटेको छ। त्यसपछि साउदी अरेबिया, रुस, क्यानडा र इराकको स्थान आउछन् ।

    यी पाँच राष्ट्रले संयुक्त रूपमा विश्वको कुल तेल आपूर्तिको करिब ४० प्रतिशत हिस्सा प्रदान गर्ने भएकाले ती देशमा हुने युद्ध, प्रतिबन्ध वा उत्पादनमा कमीले प्रत्यक्ष रूपमा विश्व बजार तथा पेट्रोलियम पदार्थको मूल्यमा प्रभाव पार्ने गर्छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।