Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षा

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

images
  • कक्षा १२ को नतिजा कसरी हेर्ने ?
    images
    images

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरको हो ।

    images
    images
    images

    नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएकोमा सबै विषयमा ग्रेड प्राप्त गर्ने २ लाख ३१ हजार ७७० रहेका छन् ।

    images
    images
    images

    त्यस्तै कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएकोमा २ लाख ६८ हजार १९० विद्यार्थीले सबै विषयमा ग्रेड पाएको बोर्डले जनाएको छ । त्यस्तै आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४२० ले ग्रेड प्राप्त गरेका छन् ।

    images
    images
    images

    कक्षा १२ को नियमिततर्फ ६९.७५ प्रतिशत आंशिकतर्फ ४२.३८ प्रतिशत र कुल ६४.१३ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ । 

    गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षा सम्पन्न भएको ३५ दिनमै यस बर्ष नतिजा आएको छ ।

    नतिजा निम्न बमोजिम हेर्न सकिने बोर्डले जानकारी दिएको छ । जस अनुसार परीक्षाफल सम्बन्धी जानकारी Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ ।

    Website :

    राष्ट्रिय परीक्षा बोर्डको website: result.neb.gov.np वा neb.gov.np

    नेपाल टेलिकमको website : https://neb.ntc.net.np

    SMS सेवा :

    NEB Symbol No. टाईप गरी नेपाल टेलिकमको १६०० मा SMS गर्ने ।

    IVR सेवा :

    नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने ।

    USSD सेवा :

    * १६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कक्षा १२ को नतिजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।