देवदह । नेकपा एमालेको किल्ला मानिने देवदह नगरपालिकाको अन्तिम मत परिणाम आएका ४ वटा वडामध्य ३ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ। वडा न १ र ३ मा जीत हात पारेको काङ्ग्रेस वडा न ४ मा पनि विजयी भएको हो ।
निर्वाचन कार्यालयबाट प्र्राप्त जानकारी अनुसार कांग्रेसका उम्मेदवार दमननाथ रेग्मीले १२५४ मत सहित निकटम प्रतिद्वंधी नेकपा एमालेका दीपक चापागाईंलाई पराजित गरेका छन्। पराजित चापागाईंले ११५३ मत प्राप्त गरेका छन्। यसरी १०१ मतान्तरले एमालेले गत निर्वाचनमा जितेको अर्को एक वडा गुमाएको छ।
यद्यपि उक्त वडामा कांग्रेसको प्यानल नै विजय भएको छैन। खुल्ला सदस्यमा कांग्रेसका तुल प्रसाद चौधरी विजय भएका छ्न भने अर्का खुल्ला सदस्यमा एमालेका मन बहादुर थारूले जीत हासिल गरेका छन्। महिला सदस्यमा एमालेकै शान्ता भट्टराई विजयी भएको छन् भने दलित महिला सदस्यमा पनि एमाले कल्पना हमालले जीत हासील गरेकी छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology