Logo

२०८३, आश्विन ११गते


images
images

समाचार

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

images
  • प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
    images
    images

    काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी र सहायक रथीमा पदोन्नती भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    images
    images
    images

    बुधबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भुवनपूर्ण सत्याल, मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी रोशन शम्सेर राणा तथा मानार्थ सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी उमेश कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    images
    images
    images

    मन्त्रिपरिषद्को ज्येष्ठ २९ गतेको निर्णय अनुसार उनीहरुको पदोन्नती भएको थियो । सो कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति हुनुभएका रथीवृन्दका परिवारजनको समेत उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।