रोल्पा । रोल्लामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । अन्तिम मत परिणम आएको थवाङमा माओवादी केन्द्रले जित हात पारेको हो ।
रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको हो । माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएका ऋषिकेशव बुढाले २१२२ र उपाध्यक्षमा शर्मिला बुढाले पनि २१२२ नै मत ल्याएर विजयी भएका हुन् ।
यस्तै यस पालिकामा ५ वटा वडा रहेका थिए । जसमध्ये ४ वटा वडा भने माओवादी केन्द्रले जितेको छ भने एउटा वडा गठबन्धनले जितेको छ । रोल्पामा माओवादी केन्द्र विरुद्ध कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धन रहेको थियो ।
सो गठबन्धनका उम्मेदवारले ४ नम्बर वडाको अध्यक्षमा जितेका छ्न । वडाध्यक्षमा जित्ने एमालेका उम्मेदवार हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology