Logo

२०८३, आश्विन १०गते


images
images

केप भेर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोक्यो

केप भेर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोक्यो

images
  • केप भेर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोक्यो
    images
    images

    काठमाडौँ । विश्वकप उपाधिको बलियो दाबेदार तथा युरोपेली च्याम्पियन स्पेनविरुद्ध केप भेर्ड़ेले अविश्वसनीय प्रदर्शन गर्दै गोलरहित बराबरी खेलेपछि आफ्नो फुटबल इतिहासकै सबैभन्दा सम्झनलायक नतिजा हासिल गरेको छ ।

    images
    images
    images

    एटलान्टा रंगशालामा अन्तिम सिट्टी बज्नासाथ क्यामेरा केप भेर्ड़ेका ४० वर्षीय गोलरक्षक भोजिन्हातर्फ सोझियो । आँसु झारिरहेका उनी आफूले प्राप्त गरेको ऐतिहासिक उपलब्धिको महत्व विस्तारै महसुस गरिरहेका थिए ।

    images
    images
    images

    ९० मिनेटभर निरन्तर समर्थन गरेका हजारौँ केप भेर्ड़े समर्थक खुसीले उफ्रिए । उनीहरूले एकअर्कालाई अँगालो हाल्दै, नाच्दै र यो अविस्मरणीय नतिजाको उत्सव मनाए । मैदानभित्र खेलाडीहरू पनि खुसीले एकअर्कातर्फ दौडिए । तटस्थ समर्थकहरू समेत यो क्षणबाट प्रभावित बने र खेल सकिँदासम्म धेरैजसोले केप भेर्ड़ेको सफलताको उत्सवमा साथ दिए ।

    images
    images
    images

    स्पेनजस्तो बलियो टोलीविरुद्ध अनुभवी गोलरक्षक भोजिन्हाले आफ्नो जीवनकै उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै कुनै गोल हुन दिएनन् । उनको शानदार प्रदर्शनले केप भेर्ड़ेलाई देशको इतिहासकै सबैभन्दा ठूलो फुटबल उपलब्धि दिलायो ।

    खेलको उत्कृष्ट खेलाडी घोषित भएपछि भावुक बनेका भोजिन्हाले भने-'म रोएँ किनभने म मेरा हजुरबुबा र हजुरआमासँग हुर्किएको थिएँ । दुर्भाग्यवश उहाँहरू यहाँ हुनुहुन्न। केही वर्षअघि उहाँहरूको निधन भयो । उहाँहरू मेरो लागि सबैथोक हुनुहुन्थ्यो, मेरो जीवनकै आधार हुनुहुन्थ्यो ।'

    उनले आफ्नी आमाको सम्झना पनि गरे । 'मेरी आमा यहाँ आउन सक्नुभएन । भिसाका कारण र त्यसका लागि तिर्नुपर्ने खर्चका कारण समयमै व्यवस्था मिलाउन सकेनौँ। उहाँ यहाँ भएको भए म निकै खुसी हुन्थेँ,' उनले भने । भोजिन्हाले टोलीको सबैभन्दा ठूलो शक्ति एकता भएको बताए । उनले भने, 'हाम्रो सबैभन्दा ठूलो हतियार भनेको हाम्रो एकता हो। आज टोलीमा आउने खेलाडी होस् वा १०–१५ वर्षदेखि टोलीसँग जोडिएको खेलाडी, हामी परिवारलाई जसरी व्यवहार गर्छौँ, त्यही नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो ।'

    उनले थपे, 'धेरैले हामी विश्वकपको आनन्द लिन मात्रै यहाँ आएका हौँ भन्ने सोचेका थिए। तर त्यस्तो होइन। यो हाम्रो पहिलो सहभागिता भए पनि हामी सबै टोलीको सम्मान गर्छौँ। हामी प्रतिस्पर्धा गर्न आएका हौँ र आफ्नो देशका लागि लड्न आएका हौँ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोलरहित बराबरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।