Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

ग्यास्ट्रो कोर २.० : २९ रिसर्च पेपर प्रस्तुत, उपचारका नयाँ अभ्यासमाथि बहस

ग्यास्ट्रो कोर २.० : २९ रिसर्च पेपर प्रस्तुत, उपचारका नयाँ अभ्यासमाथि बहस

images
  • ग्यास्ट्रो कोर २.० : २९ रिसर्च पेपर प्रस्तुत, उपचारका नयाँ अभ्यासमाथि बहस
    images
    images

    बुटवल । चिकित्सा विज्ञान निरन्तर परिवर्तन भइरहने क्षेत्र हो । नयाँ अनुसन्धान, उपचार पद्धति र प्रविधिको विकाससँगै चिकित्सकहरूलाई नियमित रूपमा अद्यावधिक हुनुपर्ने आवश्यकता रहन्छ । यही सन्दर्भमा पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाजसम्बन्धी रोगहरूको उपचार र व्यवस्थापनमा केन्द्रित ‘ग्यास्ट्रो कोर २.० सम्मेलन रूपन्देहीको तिलोत्तमास्थित टाइगर प्यालेस रिसोर्टमा सम्पन्न भएको छ ।

    images
    images
    images

    ग्यास्ट्रो सेन्टर बुटवलको आयोजनामा सम्पन्न सम्मेलनमा नेपालका विभिन्न स्थानका चिकित्सकसँगै विदेशी विशेषज्ञहरूको सहभागिता रहेको जनाइएको छ । सम्मेलनमा ग्यास्ट्रोइन्टेस्टाइनल तथा कलेजो रोगको उपचार, रोग व्यवस्थापन र पछिल्ला चिकित्सा अभ्यासबारे छलफल गरिएको कार्यक्रम संयोजक वरिष्ठ ग्यास्ट्रोलोजिस्ट डा. मोहन भुसालले जानकारी दिए ।

    images
    images
    images

    सम्मेलनमा २९ जना विशेषज्ञ चिकित्सकहरूले अनुसन्धानमा आधारित रिसर्च पेपर प्रस्तुत गरे । प्रस्तुत गरिएका पेपरहरूमा रोगको निदान, उपचार विधि, नयाँ प्रविधि तथा व्यवहारिक अनुभवका विषय समेटिएका थिए । पेपर प्रस्तुतीपछि सहभागीहरूबीच अन्तरक्रिया र छलफलसमेत भएको आयोजकले जनाएको छ ।

    images
    images
    images

    चिकित्सा क्षेत्रसँग सम्बन्धित यस्ता सम्मेलनहरू चिकित्सकहरूका लागि सिकाइ र अनुभव आदान–प्रदानको माध्यम मानिन्छन् । एउटै विषयमा कार्यरत विशेषज्ञहरू एकै स्थानमा भेला हुँदा उपचार पद्धति, अनुसन्धान र व्यवहारिक अनुभवबारे छलफल गर्ने अवसर मिल्ने गर्दछ ।

    ग्यास्ट्रो सेन्टर बुटवलको पहलमा गत वर्ष पनि यस्तै कार्यक्रम संचालन गरिएको थियो ।  ‘ग्यास्ट्रो कोर २.०’ मा पनि पेट, आन्द्रा, कलेजो तथा प्यान्क्रियाजसम्बन्धी रोगका विभिन्न पक्षमा प्रस्तुती र छलफल भएको र गतवर्ष भन्दा बृहत कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।  

    वरिष्ठ ग्यास्ट्रोलोजिस्ट डा. मोहन भुसालले चिकित्सा विज्ञानमा निरन्तर सिकाइ आवश्यक हुने बताए ।  'नयाँ अनुसन्धान र उपचार विधिबारे चिकित्सकहरू नियमित रूपमा अद्यावधिक हुनुपर्ने आवश्यकता रहन्छ ।' उनले भने, 'यस्ता कार्यक्रमले सिकाइ आदान-प्रदानसंगै ज्ञानको दायरा बढाउन पनि मदत पुग्ने गर्छ ।'

    नेपालमा यस प्रकारका चिकित्सकीय सम्मेलनहरू आयोजना हुँदै आएका छन् । तर अन्तर्राष्ट्रिय स्तरका विशेषज्ञ चिकित्सकहरूको सहभागिता, अनुसन्धानमूलक पेपर प्रस्तुती र पेशागत अन्तरक्रियामा केन्द्रित यस्ता सम्मेलनहरू प्रायः संघीय राजधानी काठमाडौं मै केन्द्रित हुने गर्छन । ग्यास्ट्रो सेन्टर बुटवलको पहलमा यस्ता कार्यक्रम राजधानी बाहिर पनि हुँदा खुसीलागेको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले बताए । सम्मेलनको उद्घाटन गर्दै मन्त्री घिमिरेले लुम्बिनी प्रदेशलाई स्वास्थ्य क्षेत्रको केन्द्रको रुपमा स्थापित गर्न प्रदेश सरकारको पहलमा लगानी भइरहेको धारणा राखे ।
     
    गत वर्ष सुरु गरिएको यस कार्यक्रमको दोस्रो संस्करणका रूपमा आयोजित ‘ग्यास्ट्रो कोर २.०’ ले विशेषज्ञ चिकित्सकहरूलाई एकै स्थानमा ल्याएर अनुसन्धान, उपचार अभ्यास र अनुभव आदान–प्रदानको अवसर प्रदान गरेको छ । अन्तर्राष्ट्रिय स्तरका विशेषज्ञहरूको सहभागिता,  रिसर्च पेपर प्रस्तुती तथा चिकित्सकीय छलफलमा केन्द्रित सम्मेलनले ग्यास्ट्रोइन्टेस्टाइनल तथा कलेजो रोगसम्बन्धी विषयमा चिकित्सकहरूबीच संवाद र सिकाइको वातावरण निर्माण गरेको सहभागीहरूले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्यास्ट्रो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।