Logo

२०८३, आश्विन १०गते


images
images

धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना

धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना

images
  • धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
    images
    images

    काठमाडौँ । गुठी संस्थानले धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अनधिकृत अतिक्रमण तत्काल हटाउन अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गरेको छ।

    images
    images
    images

    संस्थानद्वारा जारी सूचनाअनुसार धनुषा जिल्लाका विभिन्न स्थानमा रहेका राजगुठीका मठ-मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गा केही व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माणसमेत गरेर भोगचलन गरिरहेको पाइएको छ ।

    images
    images
    images

    यस्तो कार्यले सार्वजनिक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षणमा चुनौती सिर्जना गरेको भन्दै गुठी संस्थानले सम्बन्धित सबैलाई तत्काल अतिक्रमण हटाउन आग्रह गरेको छ। सूचनाको अवज्ञा गरी अनधिकृत संरचना वा कब्जा कायम राखिएमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही अघि बढाइने संस्थानले स्पष्ट गरेको छ ।

    images
    images
    images

    गुठी संस्थानले राजगुठी अन्तर्गतका मठ–मन्दिर, पोखरी तथा गुठी जग्गाको संरक्षण र व्यवस्थापन सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न स्थानीयवासी, सम्बन्धित निकाय तथा अतिक्रमणकारीलाई आह्वान गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुठी संस्थान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।