Logo

२०८३, आश्विन १०गते


images
images

केन विलियाम्सनको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

केन विलियाम्सनको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

images
  • केन विलियाम्सनको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
    images
    images

    काठमाडौँ । न्युजील्यान्डका पूर्वकप्तान केन विलियाम्सनले अन्तर्राष्ट्रिय क्रिकेटबाट तत्काल प्रभाव लागू हुने गरी संन्यासको घोषणा गरेका छन् । इङल्याण्डविरुद्ध जारी तीन टेस्ट सिरिजको बीचमै उनले १६ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई पूर्णविराम दिएका हुन् ।

    images
    images
    images

    ३५ वर्षीय विलियम्सनले सन् २०१० मा न्युजील्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले लर्ड्समा भएको पहिलो टेस्टमा क्रमशः शून्य र १८ रन बनाएपछि ओभल र ट्रेन्ट ब्रिजमा हुने बाँकी दुई टेस्ट नखेल्ने निर्णय गरेका हुन् ।

    images
    images
    images

    विलियम्सन सन् २०२४ जुनयता न्युजील्यान्ड क्रिकेटको केन्द्रीय सम्झौतामा थिएनन् । करियरको अन्तिम चरणमा उनले विभिन्न टी–२० फ्रेन्चाइज प्रतियोगितामा खेल्दै छनोट गरिएका अन्तर्राष्ट्रिय सिरिजमा मात्र सहभागी हुँदै आएका थिए ।

    images
    images
    images

    संन्यास घोषणा गर्दै विलियम्सनले अन्तर्राष्ट्रिय क्रिकेट छाड्ने विषयमा लामो समयदेखि सोचिरहेको बताए । उनले भने- 'मैले यसबारे धेरै समयदेखि विचार गरिरहेको थिएँ । पछिल्ला केही दिनमा भने अहिले नै सही समय भएको महसुस भयो । अन्तर्राष्ट्रिय क्रिकेटप्रति मेरो लगाव र भोक सधैं बलियो रह्यो । न्युजिल्यान्डका लागि खेलेका प्रत्येक खेलमा मैले आफ्नो शतप्रतिशत दिएकोमा गर्व गर्छु । यस टोलीमा धेरै प्रतिभा छ र केही विशेष गर्ने दृढ इच्छा पनि छ । यति लामो समय यो टोलीको हिस्सा बन्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु ।'

    विलियम्सनले आफ्नो करियर टेस्ट क्रिकेटमा न्युजील्यान्डका सर्वाधिक रनकर्ता खेलाडीका रूपमा समाप्त गरेका छन् । उनले ११० टेस्टमा ५४.०६ को औसतमा ९ हजार ५१५ रन बनाएका छन् । उनको करियरको सबैभन्दा ठूलो उपलब्धि सन् २०२१ मा न्युजील्यान्डलाई पहिलो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जिताउनु रह्यो । फाइनलमा न्युजील्यान्डले भारतलाई पराजित गरेको थियो ।

    त्यस्तै उनले १७५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७ हजार २५६ रन बनाएका छन्, जुन न्युजील्यान्डका लागि चौथो सर्वाधिक रन हो । त्यस्तै ९३ टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ५७५ रन बनाएका छन्, जुन न्युजील्यान्डका लागि दोस्रो सर्वाधिक रन हो ।

    विलियम्सनले ४० टेस्टमा कप्तानी गर्दा २२ जित, १० हार र ८ बराबरीको नतिजा निकालेका छन् । उनले ९१ एकदिवसीय खेलमा कप्तानी गर्दा ४६ जित, ४० हार र एक खेल बराबरी भयो । त्यस्तै ७५ टी–२० अन्तर्राष्ट्रिय खेलमा कप्तानी गर्दा ३९ जित, ३४ हार र एक खेल बराबरी भएको थियो ।

    उनको नेतृत्वमा न्युजील्यान्डले २०२१ मा विश्व टेस्ट च्याम्पियनसिप जित्नुका साथै २०१६ को टी–२० विश्वकपको सेमिफाइनल, २०१९ को एकदिवसीय विश्वकपको फाइनल, २०२१ को टी–२० विश्वकपको फाइनल, २०२२ को टी–२० विश्वकपको सेमिफाइनल तथा २०२३ को एकदिवसीय विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

    १६ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रापछि विलियम्सनको बहिर्गमनसँगै न्युजील्यान्ड क्रिकेटको एक स्वर्णिम अध्याय समाप्त भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।