Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय

इरानमाथि आजराती ठुलो आक्रमण गर्ने ट्रम्पको चेतावनी

इरानमाथि आजराती ठुलो आक्रमण गर्ने ट्रम्पको चेतावनी

images
  • इरानमाथि आजराती ठुलो आक्रमण गर्ने ट्रम्पको चेतावनी
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राती इरानमाथि 'अत्यन्त ठूलो आक्रमण' गर्ने दाबी गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले इरानी नौसेना, वायुसेना, राडार, हवाई प्रतिरक्षा प्रणाली तथा अधिकांश आक्रमण क्षमता पहिले नै ध्वस्त भइसकेको दाबी गर्दै थप सैन्य कारबाही हुने बताएका हुन् । ट्रम्पले निकट भविष्यमा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीप तथा अन्य तेल पूर्वाधारमाथि नियन्त्रण स्थापित गर्ने र इरानको तेल तथा ग्यास बजारमा पूर्ण नियन्त्रण हासिल गर्ने दाबी समेत गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन्- 'अमेरिकाले इरान (जसको नौसेना, वायुसेना, राडार, विमान विरोधी, र अन्य सबै प्रकारका रक्षा, यसको अधिकांश आक्रामक क्षमता सहित, समाप्त भइसकेको छ !) लाई आज राती धेरै कडा प्रहार गर्नेछ । धेरै टाढाको भविष्यमा, हामी खार्ग टापु र अन्य तेल पूर्वाधार बिन्दुहरू कब्जा गर्नेछौं, र तिनीहरूको तेल र ग्यास बजारहरूको पूर्ण नियन्त्रण लिनेछौं, जस्तै हामीले भेनेजुएलासँग गरेका छौं, जुन भेनेजुएला र संयुक्त राज्य अमेरिका दुवैको लागि उत्कृष्ट रूपमा काम गरिरहेको छ।'

    images
    images
    images

    खार्ग द्वीप इरानका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र मानिन्छ । इरानबाट निर्यात हुने अधिकांश कच्चा तेल यही द्वीपस्थित टर्मिनलमार्फत विश्व बजारमा पुग्ने गर्छ । यसअघि पनि ट्रम्पले खार्ग द्वीपलाई निशाना बनाउने चेतावनी दिएका थिए । मार्च २०२६ मा उनले अमेरिकी सेनाले त्यहाँका सैन्य संरचनामाथि ठूलो आक्रमण गरेको दाबी गरेका थिए ।

    ट्रम्पको पछिल्लो अभिव्यक्ति अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला आएको हो । पछिल्ला दिनहरूमा दुवै देशबीच सैन्य कारबाही भइरहेका छन् भने सम्भावित सम्झौताबारे कूटनीतिक संवाद पनि जारी रहेको बताइएको छ ।

    यदि ट्रम्पले संकेत गरेअनुसार नयाँ आक्रमण भयो भने त्यसले मध्यपूर्वको सुरक्षा अवस्था मात्र होइन, विश्वव्यापी तेल बजार र ऊर्जा आपूर्तिमा समेत ठूलो प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।