सुस्मन विश्वकर्मा, देवदह । अनन्तबाट एक सुरिलो धुन बज्छ, जहाँ एकजोडी युवा युवती प्रेमिल वातावरणमा रमाईरहेका हुन्छन् । अनि प्रारम्भ हुन्छ नाटक "अलिकति उज्यालो" । जोडी रमाई रहेको प्रसङ्ग पश्चात् अचानक त्यहा एक पालिका अध्यक्ष र उनका पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति हुन्छ । र त्यहा एक कार्यक्रम बन्छ । जसलाई सम्बोधन गर्दै पालिका अध्यक्षले भन्छन्, " अ ठिक छ ठिक छ, हामीले समृद्धिको खम्बा मनिने भ्यु टावरको शिलान्यास गरेका छौ । शहिदहरुको सम्मानका लागि स्तम्भ निर्माण गर्यौं र गणतन्त्र स्तम्भ निर्माण गर्यौं ।यसैले हाम्रो पलिका नमुना पालिका हो ।" ख्याल राख्नुस है फेरि यो प्रसङ्गले भ्यु टावरको मात्रै व्यंग्य गरेको हैन । यसले त नेपालमा हुने विभिन्न किसिमका बिकास निर्माणका कार्य, शहिदलाई गरिने नाम मात्रको सम्मान र केहि नगरेर पनि ठुला ठुला गफ छोड्ने नेताहरु प्रतिको व्यङ्ग्य पनि गज्ज्बले गर्यो ।
पालिका अध्यक्षले त्यसरी सम्बोधन गर्दैगर्दा आम पालिकावासीहरुले गुनासो पोख्न थाल्दछन क्रमशः" अध्यक्ष ज्यु, हामीलाई उचित मल प्राप्त भएन, हाम्रो पालिकामा विकास भएन, बाटो बनेन, खानेपानी छैन, न शिक्षा गुणस्तरीय छैन,स्वास्थ सेवा राम्रो छैन, पालिकामा सुरक्षा संयत्र राम्रो भएन ।" यी विभिन्न किसिमका गुनासो आईसकेपछि पालिका अध्यक्षले पुन: गुनासोहरुको आशावादी तवरले उत्तर दिन्छ्न, "अँ ठिक छ, ठिक छ काम हुँदैछ, यो पालिका देश कै नमुना पालिका हो । अहिले म अलि हतारमा छु फेरि कुरा गर्दै गरौंला !"
पालिका अध्यक्ष जनताहरुलाई झिनो आश्वासन देखार फुत्किहाल्छन । पालिकावासीले अध्यक्ष ज्यु पर्खिनुस न कुरा गरौ भन्दा पनि नसुने झैँ गरि फुत्कि हाल्छ्न ।
अनि जनताहरु आपसी सर सल्लाहमा जुट्छन र सबैबाट एकबोली आउछ,"हामी यात्रामा जाउ, अन्य पालिका पनि हाम्रो जस्तै बिग्न अवस्थामा छन कि राम्रो र बिकसित छन् एक पटक जाऔ ।" अनि सुरु हुन्छ "यात्रा" ।
पालिकाबासी हिंडेरै यात्रा सुरु गर्दछ्न । केही समयको हिंडाई पश्चात उनिहरु एक पालिकमा पुग्छन् जहाँ जादा उनिहरुलाई त्यहा धेरै नै विकास भएको देख्छन् । ती मध्यका एक युवतीले भन्छिन्,"ओए भाष्कर, प्रताप हेर त यहाँ कति राम्रो अर्गानीक खेती, कति राम्रो सिंचाई, कति गुणस्तरीय विद्यालय, कति राम्रो व्यवस्थित अस्पताल ।" भाष्कर-प्रताप सहित सबै यात्रीहरु अचम्मित हुन्छन् । अचम्मित पनि किन नहुन ? भ्रष्ट पालिकामा बसेका उनिहरुलाई त्यति व्यवस्थित पालिका देख्दा त सपना जस्तै लाग्ने नै भयो । त्यस पालिकाका न्यायिक अदालत, जनताका लागि अहोरात्र खटिने कर्मचारी प्रशासन र पालिकाभित्रका जनप्रतिनिधि देखेर उनीहरु आफ्नो पालिकाको दु:खद अवस्था नै बिर्सिन्छन ।
केही समय त त्यही रमाउछन । यात्रीहरु फगत त्यही रमाएर त भएन। उनिहरु फर्कने साथै देखेको कुरा जस्ताको तस्तै सत्यतथ्यरुप नडराईकन भन्ने निर्णय र अठोट गर्दछन । गाउँ फर्किएसंगै यात्रीहरुले पालिक अध्यक्षसहित पालिकाबासीहरुलाई यथार्थ खुलाउछन, भन्छन् " समृद्ध पालिका भनेको त्यो जहाँ सबै ठाँउमा समानुपातिक तवरले बिकास भएको हुने रहेछ तर हाम्रो पालिका त सबैभन्दा पछाडी परेको पालिका हो ।" जनताले सत्यता बुझेर गुनासो गरेपछी पालिका अध्यक्षले नबुझेझै गरेर जवाफ दिन्छन्, " त्यो पक्कै अर्कै पार्टीका मान्छेको पालिका हुनुपर्छ ।" सुन्दै व्यङ्गयात्मक लाग्ने तर्क ।
यो प्रसङ्गले वर्तमान अवस्थामा नेपालका कयौ पालिकाको विग्न अवस्था पनि चित्रण गर्यो । अब यात्री पनि फर्किए यात्राको साराशं बुझाउदा पनि पालिकाका जनप्रतिनिधिले बुझ्नेवाला छैनन् । लौ अब त निर्वाचन नै पो नजिकिसकेछ । शाेभा आफ्नो कार्यकर्ता निकट कार्यकर्ता बिशालसंग कुरा गर्दै भन्छिन,"गाउँमा बाटोको लागि बजेट परिसक्यो, अब मैले बिकास निर्माणको कामलाई सशक्त्तताका साथ तिव्ररुपमा अगाडी बढाउछु । को हुन् र नाटकमा शाेभा र बिशाल पात्रहरु अचानक कसरी भनेर सोचीरहनुभयो होला । शाेभा पुर्व पालिका उपाध्यक्ष हुन् र बिशाल शाेभा आवद्ध रहेकी पार्टीको निकट कार्यकर्ता र शाेभाकि शुभेच्छुक पनि । अनि शाेभा चाहिँ पालिकाको माटाे बुझेकी नेतृ हुन् । उनी खर्च गरेर चुनावमा जित्ने भन्दापनि बलिया एजेन्डाले चुनाव जित्ने कुरामा विश्वास राखिछ्न । चुनाव नजिएकै दिन शाेभा बिशाललाई आफ्नो घर लगेर जान्छिन । शाेभाकी श्रीमानले विसाललाई स्वागत गर्दै चिया पिलाउछन । शाेभाकी श्रीमान भेटनारीका डाक्टर हुन् । चिया गफमा नजिकिदै गरेको निर्वाचनको प्रसङ्ग निकाल्दै शाेभा भन्छिन्, "यसपालि म पालिका अध्यक्षमा उम्मेदवारी दिन्छु र पालिकाको समग्र बिकासको खाका कोर्छु ।" शाेभाले यसो भनिरहदा उनकी श्रीमानले भन्छन्," खै पहिला नि पालिका उपाध्यक्ष भाको नै हो गर्ने भए त त्यतिबेला नै हुन्थ्यो बिकास ।" प्रस्त्याउदै शाेभा भन्छिन्, " पहिले मलाई मात्र नामको रुपमा उपाध्यक्ष बनाईयो मेरा कुनै पनि निर्णयहरु चल्दैन थियो । अब पालिका अध्यक्षमा उम्मेदवारी दिन्छु मैले जितेपछि बिकास निर्माणका लागि कस्ले नै रोक्छ त्यसपछि त ? निराशावादी तवरले उनका श्रीमान भन्छन्, "पैसा छैन पैसा बिना चुनाव जित्छौ यो राजनीतिको पछि नलाग भएको एउटा घर पनि जाला फेरि ।" काममा विश्वास राख्ने शाेभा आफ्नो विचारमा अडिग हुँदै भन्छिन्,"म काम र एजेन्डाले जित्छु, संसारमा धेरै उदाहरण छन् एजेन्डाको पनि जित भएका छन् ।" यस्तै यस्तै सोंच र व्यवहार भएकी पात्र हुन् "शाेभा" ।
समय बित्दै जान्छ निर्वाचन नजिकिदै गर्छ । पार्टीमा पालिकाको लागि उम्मेदवार टुंगो लगाउनुपर्ने दिन पनि नजिकिन्छ । बैठक पनि बोलाईन्छ । बैठकमा पार्टीका जिल्ला अध्यक्ष, पुर्वपालिका अध्यक्ष नेता कार्यकर्ता सबैको उपस्तिथि हुन्छ । तर शाेभा भने घरायसी कामका कारण थोरै ढिलो उपस्थित हुन्छिन् । शाेभा पुग्नु अघावै पार्टीमा उम्मेदवारको टुंगो लगाईन्छ । शाेभाले अनुरोध पनि गरेकी थिईन्, म आउन ढिलो हुन्छ भनेर तर पार्टीमा महिलाको कुरा कस्ले सुन्ने ? महिलाको संख्यात्मक उपस्थिति बिना
नै पुर्वपालिका अध्यक्षलाई नै पुनः अध्यक्षको टिकट दिने पार्टीका जिल्ला अध्यक्षले टुंगो लगाउछन् । जवकी उ भन्दा शाेभाको एजेन्डा काम गर्ने तरिका बलिया छन् । यसरी शोभाको एजेन्डालाई त्यही हराईन्छ । यसरी शाेभा सहि, सचेत, सक्षम र भिजनरी हुदा हुँदै पनि पार्टीमा हार्न पुग्दछिन् ।
समय बित्दै जान्छ उता बिशालको घरको आर्थिक अवस्था बिग्रदै जान्छ । त्यसैमाथी श्रीमती गर्भवती पनि । घर चलाउन नसकेपछी बाध्य भएर बिशाल विदेश जाने निर्णय गर्छन। श्रीमतीले मलाई यस्तो अवस्थामा मलाई छोडेर नजानुभन्दा भन्दैपनी परिस्थितिका कारण विदाईको टीका र माला लगाउन उ बाध्य हुन्छ, उ प्रदेश लाग्छ ।
बिशाल कयौ दिनदेखि शाेभा कहाँ नआएपछी शोभा एकदिन बिशालको घरमा जान्छिन र सोध्छिन "बैनी बिशाल खै ?" बिशालकि श्रीमती जवाफमा फर्काउछिन्," भिसा चाडै लाग्यो दिदी कसैलाई भेट्न् पाउनु भएन विदेश जानुभयो उहाँ त !" शोभा भन्छिन्," ए मलाई जादैछु दिदी पनि भनेनन्, तिमीलाई यस्तो अवस्थामा नछाड्नु पर्नी ठिकै छ केही समस्या भयो भने मलाई भन्नू है " यती भनेर शोभा घर तर्फ लाग्छिन।
बिशाल विदेश पुग्छ पुगेर फोन पनि गर्छ पुगे भनेर । तर त्यसपछि उ कैयौ महिनादेखि सम्पर्कविहिन हुन्छ । हार गुहारका लागि श्रीमन खोजिदिन पर्यो भन्दै बिशालकि श्रीमती पालिकाका पुर्व अध्यक्ष कहा पुग्छिन । जो अहिले पुनः पालिका अध्यक्ष भएका हुन्छन् । पालिका अध्यक्षले आशावादी किरण झल्काउदै भन्छन्," अ ठिक छ ठिक छ निवेदन लेखेर देउ म खोज्छु, अहिले म अलि व्यस्त छु पछि कुरा गरौला ।" यती भनेर पालिका अध्यक्ष आफ्नो बाटो लाग्छन् ।
बिचरी दुईजिउ कि बिशालकि पत्नी कहाँ जान सक्थिन ? उनी रुँदै रुँदै चित्त बुझाउछिन । यत्तिकैमा उनलाई व्यथा लाग्छ, प्रसव पिडाले उनी छट्पटाउँन थाल्छिन् । "मलाई अस्पताल पुर्याईदिनु न" भन्दै रुन्छिन । अचानक मनकारी शाेभा आउछिन र अस्पताल पुर्याछिन । अनन्तबाट आवाज आउँछ, " तिमी कहाँ गयौ दुर ?" । दुर भनेर अन्त्यमा बिशाललाई संकेत गरिएको हो । किनकी राम्रा काम गरेकी न त शाेभा नै राजनीतिमा टिक्न सकिन, न त राम्रो व्यक्तिलाई समर्थन गर्ने बिशाल स्वदेशमा टिक्न सके ।
नाटक "अलिकति उज्यालोमा शाेभा र बिशाल मात्र हारेनन् । त्यहाँ पैसा र भ्रष्टाचारको अगाडी समग्र पालिका, बिद्यार्थी, बालबालिका महिला, युवा, एजेन्डा, विकास लगायत सबै सबै कुराहरु हारे । नाटक "अलिकति उज्यालो" मा भएको पालिकाको गलत नेतृत्वको कारण निकै अँध्यारो हुन पुग्यो । अब हाम्रो पालिकालाई कस्तो बनाउने अध्यारै राख्ने? "अलिकति उज्यालो" कि "बृहत उज्यालो" बनाउने जिम्मा हामी सबै सबैको...!
नाटक लेखन/निर्देशन/परिकल्पना: घिमिरे युवराज
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology