Logo

२०८३, आश्विन ९गते


images
images

हलिउड

हलिउडका चर्चित निर्देशक स्पिलबर्गले गरे ‘अब्सेस्ड’ र ‘ब्याकरूम्स’ को प्रशंसा

हलिउडका चर्चित निर्देशक स्पिलबर्गले गरे ‘अब्सेस्ड’ र ‘ब्याकरूम्स’ को प्रशंसा

images
  • हलिउडका चर्चित निर्देशक स्पिलबर्गले गरे ‘अब्सेस्ड’ र ‘ब्याकरूम्स’ को प्रशंसा
    images
    images

    काठमाडौँ । हलिउडका चर्चित निर्देशक स्टीभन स्पिलबर्गले हालै प्रदर्शनमा आएका दुई कम बजेटका फिल्मको खुलेर प्रशंसा गरेका छन् । उनले फिल्म ‘अब्सेस्ड’ र ‘ब्याकरूम्स’ नामका फिल्मलाई निकै राम्रो भन्दै निर्माताप्रति खुसी व्यक्त गरेका हुन् ।

    images
    images
    images

    ७९ वर्षका स्पिलबर्गले पछिल्लो समय आफूले मन पराएका फिल्महरूबारे टिप्पणी गर्ने क्रममा यी दुई फिल्मको विशेष चर्चा गरेका हुन् । दुवै फिल्म कम बजेटमा बनेर पनि राम्रो आम्दानी गरिरहेका छन् ।

    images
    images
    images

    हालै ‘डिस्क्लोजर डे’ फिल्मको विशेष प्रदर्शनमा स्पिलबर्ग रातो कार्पेटमा सहभागी भएका थिए । उक्त फिल्म २०२६ जुन १२ मा प्रदर्शन हुने तय छ ।

    images
    images
    images

    कार्यक्रमका क्रममा उनले ‘पप ड्रप’ सँग कुरा गर्दै भने, 'म उनीहरूको सफलतामा निकै खुसी छु। यो साँच्चै उत्कृष्ट कुरा हो ।'

    उनले थप जोड दिँदै भने, 'कम बजेटमा बनेर पनि यति राम्रो प्रदर्शन हुनु ठूलो उपलब्धि हो। ‘अब्सेस्ड’ को बजेट करिब १० लाख डलरभन्दा कम थियो भने ‘ब्याकरूम्स’को बजेट करिब ९ देखि १० लाख डलर जति अनुमान गरिएको छ । तर पनि दुवै फिल्मले राम्रो नतिजा दिइरहेका छन्, म यसको प्रशंसा गर्छु।' स्पिलबर्गले आफूले ‘ब्याकरूम्स’ अझै नहेरेको तर समय मिलेपछि हेर्ने बताए । उनले भने, ‘अब्सेस्ड’ मैले हेरेँ, र मलाई निकै मन पर्यो ।'

    मिडिया रिपोर्टअनुसार दुवै फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेका छन् । यी फिल्महरूले राम्रो कथा भए ठूलो स्टार वा ठूलो बजेट अनिवार्य नहुने देखाएको विश्लेषण गरिएको छ । यी दुवै फिल्मका निर्देशक पनि निकै युवा छन्। ‘अब्सेस्ड’ निर्देशन गर्ने करी बार्कर मात्र २६ वर्षका हुन् भने ‘ब्याकरूम्स’का निर्देशक केन पार्सन्स २० वर्षका छन् । उनीहरूको सफलताले फिल्म क्षेत्रमा नयाँ पुस्ताको सम्भावना अझै बलियो देखिएको छ ।

    बक्स अफिस मोजोका अनुसार अब्सेस्ड' ले अहिलेसम्म १७८ मिलियन डलर कमाएको छ भने ब्याकरूम्स' ले विश्वभर १५४ मिलियन डलर कमाई गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।