Logo

२०८३, आश्विन ९गते


images
images

हलिउड

अडिसन नदिँदा दीपिका पादुकोणले गुमाइन् हलिउडको सिरिज

अडिसन नदिँदा दीपिका पादुकोणले गुमाइन् हलिउडको सिरिज

images
  • अडिसन नदिँदा दीपिका पादुकोणले गुमाइन् हलिउडको सिरिज
    images
    images

    काठमाडौँ । भारतीय अभिनेत्री दीपिका पादुकोणले चर्चित हलिउड टेलिभिजन सिरिज 'द ह्वाइट लोटस' को चौथो सिजनमा अभिनय गर्ने अवसर गुमाएकी छन् । मिडिया रिपोर्टका अनुसार अडिसन दिन अस्वीकार गरेपछि उक्त भूमिका उनको हातबाट फुत्किएको हो ।

    images
    images
    images

    सिरिज निर्माण टोलीले दीपिकालाई भूमिकाका लागि प्रस्ताव गरे पनि सबै कलाकारका लागि अडिसन अनिवार्य बनाइएको थियो । तर उनले अडिसन प्रक्रियामा सहभागी हुन नचाहेपछि छनोट प्रक्रिया अघि बढ्न नसकेको जनाइएको छ ।

    images
    images
    images

    यसअघि पनि सिरिजको तेस्रो सिजनका लागि उनलाई प्रस्ताव गरिएको थियो । त्यसबेला गर्भावस्थाका कारण उनले काम स्वीकार गर्न नसकेको बताइएको छ । चौथो सिजनको तयारीसँगै पुनः प्रस्ताव आए पनि अडिसन सम्बन्धी सर्तका कारण सहकार्य सम्भव हुन नसकेको बताइएको छ ।

    images
    images
    images

    लोकप्रिय अमेरिकी हास्य-नाटक सिरिजका रूपमा चिनिएको द ह्वाइट लोटस विश्वभर चर्चित रहँदै आएको छ । यस सिरिजमा सहभागी हुन पाएको भए दीपिकाको हलिउड यात्रामा ठूलो पुनरागमन हुने अनुमान गरिएको थियो ।

    हाल दीपिका आगामी चलचित्र किङ मा अभिनेता शाहरुख खानसँग देखिने तयारीमा छन् भने दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनसँगको नयाँ परियोजनामा पनि उनी व्यस्त रहेकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हलिउड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।