Logo

२०८३, आश्विन ११गते


images
images

रास्वपाको जिल्ला अधिवेशन आज ३६ र भोलि २९ जिल्लामा हुदै

रास्वपाको जिल्ला अधिवेशन आज ३६ र भोलि २९ जिल्लामा हुदै

images
  • रास्वपाको जिल्ला अधिवेशन आज ३६ र भोलि २९ जिल्लामा हुदै
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ । आज शनिबार विभिन्न ३६ जिल्लामा अधिवेशन हुन लागेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका हुन् । 

    images
    images
    images

    जस अनुसार आज कोशी प्रदेशका ८ जिल्लामा, मधेशका २ जिल्लामा, बागमती प्रदेशका ९ जिल्लामा, गण्डकी प्रदेशका ५ जिल्लामा र गण्डकी प्रदेशका ५ जिल्लामा अधिवेशन हुने भएको छ । यसैगरी, लुम्बिनी प्रदेशका ८ जिल्लामा, कर्णाली प्रदेशका २ जिल्लामा र सुदुरपश्चिम प्रदेशका ३ जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ ।

    images
    images
    images

    आज झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा, सुनसरी, महोत्तरी, रौतहट, दोलखा, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुला जिल्लामा अधिवेशन हुदैछ । 

    images
    images
    images

    त्यस्तै भोलि आइतबार देशका विभिन्न २९ जिल्लामा अधिवेशन हुने भएको छ ।

    भोलि कोशी प्रदेशका ४ जिल्लामा, मधेश प्रदेशका ४ जिल्लामा, बागमती प्रदेशका २ जिल्लामा, गण्डकी प्रदेशका ४ जिल्लामा, लुम्बिनी प्रदेशका ३ जिल्लामा, कर्णाली प्रदेशका ६ जिल्लामा र सुदुर पश्चिम प्रदेशका ६ जिल्लामा अधिवेशन सम्पन्न हुँदैछ ।

    जस अनुसार आइतबार उदयपुर, सोलुखुम्बु, खोटाङ, ईलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, ललितपुर, तनहुँ, नवलपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुदैछ ।  

    संगठनको विशेष परिस्थितिका कारण बारा जिल्ला अधिवेशन जेष्ठ २६ गते हुने भएको छ ।  रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ । योसँगै पार्टीको मुख्य संगठन रहेको अधिकांश जिल्लाको अधिवेशन सम्पन्न हुनेछ । बाँकी १० जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि गर्ने भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।