Logo

२०८३, आश्विन १०गते


images
images

मत बदर नगर्न यसो गर्नुस् : भोट कसरी हाल्ने ? १० प्रश्नको उत्तर

मत बदर नगर्न यसो गर्नुस् : भोट कसरी हाल्ने ? १० प्रश्नको उत्तर

images
  • मत बदर नगर्न यसो गर्नुस् : भोट कसरी हाल्ने ? १० प्रश्नको उत्तर
    images
    images

    १. मैले कतिजनालाई भोट हाल्नुपर्छ ?

    images
    images
    images

    उत्तरः- तपाईले सात जनालाई भोट हाल्नुपर्छ ।

    images
    images
    images

    पहिलो भोटः- गाउँपालिका अध्यक्ष वा नगर प्रमुखकका लागि पहिलो कोलममा रहेको कुनै एउटा चुनाव चिन्हमा संकेत गर्नुस् ।

    images
    images
    images

    दोस्रो भोटः- गाउँपालिका उपाध्यक्ष वा नगर उपप्रमुखका लागि दोस्रो कोलममा दिनुस् ।

    तेस्रो भोटः- वडाध्यक्षका लागि हो । यसका लागि तेस्रो कोलममा भएको कुनै एउटा चुनाव चिन्हमा स्वस्तिक छाप लगाउनुस् ।

    चौथो भोटः- महिला वडा सदस्यका लागि चौथो कोलममा दिनुस्

    पाँचौं भोटः- दलित महिला वडा सदस्यका लागि पाँचौं कोलममा दिनुस् ।

    छैठौं र सातौं भोटः- दुईजना वडा सदस्यका लागि मतपत्रको पछिल्ला दुई कोलममा रहेका चिन्ह मध्ये कुनै दुई चिहृनमा मतदान गर्नुहोस् ।

    २.सातै जनालाई भोट हाल्नुपर्छ कि कुनै एक वा दुईलाई मात्रै पनि हाल्न पाइन्छ ?

    उत्तरः- सात जनालाई मत दिन पाउने तपाईको अधिकार हो । तर, तपाईले म छनोट गरेर केहीलाई मात्रै मत दिन्छु भन्न सक्नुहुन्छ ।

    ३. प्रमुख वा उपप्रमुखमा फरक-फरक पार्टीलाई मत दिन सक्छु ? कसरी दिने ?

    उत्तरः- सात जनालाई मत दिनुपर्छ भन्नुको अर्थ एउटै तर्सो लहरमा मात्र दिनुपर्छ भनिएको होइन । छनोट तपाईको अधिकार हो । यदि तपाई प्रमुख र उपप्रमुखमा फरक-फरक दललाई मत दिन चाहनुहुन्छ भने पनि त्यसो गर्न सक्नुहुन्छ ।
    तर, मतपत्रको पहिलो ठाडो कोलममा रहेका चिन्हहरु प्रमुखका लागि मात्रै हुन् । दोस्रो ठाडो कोलम उपप्रमुखको हो । प्रत्येक कोलममा भएका राजनीतिक दलको चुनाव चिन्ह मध्ये कुनै एउटामा मत दिन सक्नुहुन्छ ।

    ४. यदि मैले एउटै कोलममा तलमाथि मत दिए बदर हुन्छ ?

    उत्तरः- हो । सुरुवातका पाँचवटा ठाडो कोलम एक एक पदका लागि हो । तपाईले एउटा ठाडो कोलममा भएका चुनाव चिन्हहरु मध्ये एकमा मात्रै मत दिन सक्नुहुन्छ । तर, पछिल्ला दुई ठाडो कोलममा भने तपाई एउटै वा पहिलो दोस्रो कोमलमा भएका एक-एक चुनाव चिहृनमा मत दिन सक्नुहुन्छ ।

    ५. पछिल्ला दुईवटा कोलममा एउटैको तलमाथि छाप लगाउन मिल्छ ?

    उत्तरः- मिल्छ । पछिल्ला दुई ठाडो कोलममा भने तपाईले एउटै हारमा वा पहिलो दोस्रो कोमलमा भएका एक-एक चुनाव चिन्हमा मत दिन सक्नुहुन्छ ।

    ६. अन्तिम कोलममा एउटै कोठामा दुईवटा चुनाव चिन्ह रहेछन्, यस्तोमा के गर्ने ?

    उत्तरः- मतपत्रको अन्तिममा भएको एउटौ कोठाभित्रका दुईवटा चिन्हहरु पनि एकैजना उम्मेदवारका लागि हो । त्यसमा लगाइएको छापले एकजनालाई मात्रै मत दिएको ठहरिन्छ ।

    पछिल्ला यी दुई कोलमहरु वडा सदस्य खुलातर्फका लागि हो । यसमा एउटै पार्टीका दुई उम्मेदवार हुने भएकाले कुन उम्मेदवारको चुनाव चिन्ह कुन हो भनेर पहिचान गर्न निर्वाचन आयोगले पहिलोमा एउटा र दोस्रोमा दुईवटा चिन्हको व्यवस्था गरेको हो ।

    मानौं ए नामको पार्टीर्ले दुई वडा सदस्यमा खुलातर्फ रामबहादुर र श्यामबहादुरलाई उम्मेदवार बनाएको छ भने आयोगले एकजनालाई एउटा चिन्ह  दिएको छ र अर्का उम्मेदवारलाई दुईवटा चिन्ह प्रदान गरेको हुन्छ ।

    ७. के दुईवटा चुनाव चिन्ह भएको ठाउँमा दुई पटक स्वस्तिक छाप हान्नुपर्छ ?

    उत्तरः पर्दैन । दुईवटा चुनाव चिन्ह भएको ठाउँमा पनि एकचोटिमात्रै छाप हाने पुग्छ । तपाईले उक्त बक्सभित्र एकपटक मात्र स्वस्तिक छाप हान्नुपर्छ । नत्र रद्द हुन्छ ।

    ८. दुईवटा खुला वडा सदस्य पदमा मलाई बेग्लाबेग्दै पार्टीका उम्मेदवारलाई मत दिन मन छ । एउटै ठाडो लहरमा स्वस्तिक छाप हान्न सक्छु ?

    उत्तरः- सक्नुहुन्छ । मतपत्रको छैठौं र सातौं कोलममा मत दिँदा दुईवटा कोठामा दिनुपर्छ । तर, एउटै लहरमा नभई अलग-अलग चिन्हमा मत दिन सक्नुहुन्छ । यसो गर्दा खुल्ला वडा सदस्यमा तेस्रो वा ठाडो जता पनि रोज्न सक्नुहन्छ ।
    तर, यसो गर्दा ध्यान दिनुस्, एउटा कोलममा अधिक मत दुई जनालाई मात्रै मत दिन सकिन्छ ।

    ९. पार्टीको चुनाव चिन्ह माथि नै स्वस्तिक छाप हान्दा मत बदर हुन्छ ?

    उत्तरः- हुँदैन । सबैभन्दा राम्रो चुनाव चिहृन नजिकै रहेको खाली ठाउँमा मत दिनुस् । तर, यदि चुनाव चिन्ह माथि नै स्वस्तिक छाप लगाइयो भने पनि बदर हुँदैन ।

    १०. कस्तो अवस्थामा मैले दिएको मत बदर हुनसक्छ ?

    मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एक भन्दा बढी उम्मेदवारलाई मत दिएमा बदर हुन्छ ।

    त्यस्तै छैटौं र सातौं पदका लागि दुई कोलम दिइएकोमा दुई भन्दा बढी उम्मेदवारलाई मत दिएमा पनि बदर हुन्छ ।
    मत संकेत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा पनि तपाईको मत बदर हुन्छ ।

    यस्तै स्वस्तिक छाप बाहेक अरु छाप लगाए वा संकेत गरेमा पनि तपाईको मत बदर हुन्छ ।
    त्यस्तै दुई वटा चुनाव चिन्ह रहेको कोठाको बीचमा एक अर्कालाई छुने गरी गरी स्वस्तिक छाप लगाएमा पनि तपाईको मत बदर हुन्छ । उम्मेदवारको चिन्ह रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।