Logo

२०८३, श्रावण २७गते


images
images

किसानका कुरा

दूध तथा दुग्धजन्य उत्पादन ; व्यावसायिक इमान्दारिता र असल अभ्यासमा जोड

दूध तथा दुग्धजन्य उत्पादन ; व्यावसायिक इमान्दारिता र असल अभ्यासमा जोड

images
  • दूध तथा दुग्धजन्य उत्पादन ; व्यावसायिक इमान्दारिता र असल अभ्यासमा जोड
    images
    images

    देवदह । दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित दूध, दही, घ्यू, पनिरलगायत दुग्धजन्य पदार्थ उत्पादनदेखि वितरणसम्मका सबै चरणमा स्वच्छता कायम गरिनुपर्नेमा जोड दिइएको हो ।

    images
    images
    images

    बुटवल उद्योग वाणिज्य रुपन्देही अन्तर्गत गठित डेरी बस्तुगत समितिले विश्व दुध दिवसको अवसरमा मंगलबार संघमा आयोजना गरेको दूध तथा दुग्ध पदार्थको स्वच्छता गुणस्तर सम्बन्धि अन्तरक्रिया गोष्ठिमा बोल्ने वक्ताहरुले जनस्वास्थ्यका दृष्टि र देशको समृद्धिका हिसावले पनि दूध तथा दुग्ध पदार्थको व्यावसायिक क्रियाकलापमा असल अभ्यास आवश्यक रहेको भनाई राखेका हुन् । सन् २००१ देखि हरेक वर्ष जुन १ मा विश्व दूध दिवस मनाउँदै आईएको छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हरिप्रसाद अर्यालले दुधको उत्पादन गर्ने किसानदेखि उपभोक्तासम्म आईपुग्दा उत्पादन, भण्डारण, ढुवानी तथा प्रशोधनसम्मका क्रियाकपालमा निर्धारित मापदण्ड पुरा हुनुपर्ने बताए । उनले व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड दिँदै किसानको उत्पादन मुल्य र उपभोक्ता मुल्य बिच रहेको घटाउन र उत्पादन लागत अनुसारको मुल्य किसानले पाउनु पर्ने तथा उपभोक्तालाई पनि न्यूनतम मुल्यमा उपलब्ध कसरी गराउन सकिन्छ त्यसतर्फ ध्यान दिन आवश्यक रहेको भनाई राखे । ‘दूध, दुग्ध पदार्थ र यसको गुणस्तर हाम्रो प्रमुख सरोकारको विषय हो ।’ अध्यक्ष अर्यालले भने–‘यससंग नागरिकको स्वास्थ्य र देशको समृद्धि समेत जोडिएकाले उत्पादन बृद्धि गर्ने र गुणस्तर कायम राख्ने कुरामा हामी सबै जिम्मेवार बनौं ।’ 

    images
    images
    images

    त्यस अवसरमा संघका कृषि परामर्शदाता डा. प्रदिप शर्मा पौडेलले दूध उत्पादनका क्रममा पशुको स्वास्थ्य, गोठको सरसफाइ, दुहुने प्रक्रिया, भण्डारण तथा ढुवानी व्यवस्थापनमा निर्धारित मापदण्ड पुरा गर्न र प्रशोधन उद्योगहरूले खाद्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै गुणस्तरीय उत्पादन गर्नुपर्ने बताए । 

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लुम्बिनी प्रदेश पशुपंछि तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु चिकित्सक लोकराज भुसालले उपभोक्तालाई सुरक्षित र पोषणयुक्त खाद्य सामग्री उपलब्ध गराउन सरकारी निकाय, दुग्ध उद्योग, किसान तथा व्यवसायीबीच समन्वय आवश्यक रहेको बताए । उनले उत्पादन र उपभोगका हिसावले लुम्बिनी प्रदेश राम्रो रहेको बताउँदै अब गुणस्तरमा विशेष ध्यान दिनुपर्ने भनाई राखे । उनका अनुसार भैसीमा नस्ल सुधार र उत्पादन बृद्धि गर्ने हो भने लुम्बिनीको तराईका जिल्लाले राष्ट्रिय आवश्यकता पुरा गर्न सक्ने बताउँदै सरकारले त्यसतर्फ ध्यान दिन सुझाव दिए । त्यसका लागि नस्लसुधार, पशुस्वास्थ्य तथा पशु आहारमा विशेष ध्यान दिनुपर्ने उनको भनाई छ ।

    अर्का कार्यपत्र प्रस्तोता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख वरिष्ठ खाध्य अनुसन्धान अधिकृत अनुप हलवाईले खाद्य स्वच्छता र गणस्तर सम्बन्धि कानुनी प्रावधान, ऐन कानुनका बारेमा जानकारी गराएका थिए । 

    त्यस्तैगरी नेपाल दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध विकास आयोजनाका प्रमुख कृष्णप्रसाद अर्यालले पछिल्ला वर्षहरूमा खाद्य सुरक्षाप्रति जनचेतना बढ्दै गएकाले उपभोक्ताले पनि गुणस्तरयुक्त तथा प्रमाणित उत्पादन छनोट गर्न थालेको बताए । दूध तथा दुग्ध पदार्थको उत्पादन र बिक्री वितरणमा स्वच्छता र गुणस्तरलाई प्राथमिकता दिँदा उपभोक्ताको विश्वास बढ्नुका साथै दुग्ध क्षेत्रको दिगो विकासमा समेत टेवा पुग्ने उनको विश्वास छ । 

    डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा संघका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, तथा दुग्ध उत्पादन सहकारीका प्रतिनीधि, दुग्धजन्य पदार्थ उत्पादक उद्योगी र व्यवसायीहरुको सहभागिता रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दूध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।