सुनवल । आसन्न स्थानीय तह निर्वाचन-२०७९ दिनप्रतिदिन नजिकैसंगै सुनवलमा चुनावी माहोल तिव्ररुपमा बढ्न थालेको छ । यसैबीच सुनवलमा पनि आईतवार गठबन्धनको साझा प्रचार प्रचार प्रसार एवम् घरदैलो कार्यक्रम भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति एवम् गठबन्धनको तर्फबाट सुनवल नगरपालिकाका नगर प्रमुखका उम्मेदवार अर्जुन कुमार पोखरेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सुनवलको देवकोटाबाट प्रारम्भ भएको र्यालीसहितको उक्त कार्यक्रम सुनवल बजारलाई परिक्रमा गर्दै रमापुर चोकमा गैई सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नेकपा (माले)का पोलिटब्यूरो सदस्य मन सोभा पौडेलले गठबन्धन सुनवलको आवश्यकता भएको बताइन् । पौडेलले गठबन्धनको नीति,योजना र संकल्प सुनवलको आवश्यकता भएको बताईन । " गठबन्धनलाई समर्थन गर्दा हामीलाई बिक्री भएको आरोप लागाईरहेका छन् ।" उनले भनिन्, "हामी बिक्री भएका होइनौं गठबन्धनले बोकेको एजेन्डा र संकल्प देखेर सक्षम नेतृत्वलाई स्थानीय सरकार सुम्पिएर सुनवलको बिकास गर्न स्वार्थ र प्रलोभनरहित तवरले समर्थन गरेका हौ ।"
सुनवलको बनाहा चोकमा भएको कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस महासमिति सदस्य एवम् अधिवक्ता अनिता शर्माले स्थानीय तह निर्वाचन मात्र निर्वाचन नभएर नगरको नक्सा कोर्ने समय भएको बताईन । "गठबन्धनका प्रतिबद्धताहरु नगरका आवश्यकता बमोजिम छन् । उनले भनिन्, "हामीलाई चाहिएको सुनवलको बिकास हो, जुन गठबम्धनको बिजयबाट मात्र सम्भव छ ।" उनले कुनै पनि प्रलोभनमा नपरी जनताहरुको प्रतिनिधित्व गरि बिकास गर्न सक्ने व्यत्तिलाई नगरको साचो सुम्पिन आम नगरबासीलाई अनुरोध पनि गरिन् ।
गठबन्धनको तर्फबाट सुनवल नगरपालिकाका उपप्रमुखका उम्मेदवार लेखनाथ खरेलले गठबन्धन विजयको संघारमा भएको बताए । "जनताले बुझीसकेका छन् गठबन्धन सुनवलको आवस्यकता हो भन्ने कुरा ।"खरेल भने, "हामी हामी केही दिनमा नै जित को माला पहिरिदै छौ, हाम्रो जित हुदा सम्पुर्ण नगरबासीको जित हुनेछ ।"
।
यस्तै गठबन्धनको तर्फबाट सुनवल नगरपालिकाका नगरप्रमुखका उम्मेदवार अर्जुन कुमार पोखरेलले नेपालको संविधान र लोकतान्त्रिक विधीमाथि प्रतिक्रियावादी शक्तिले गर्न खोजेको अत्याचारलाई निर्मुलीकरण गर्न गठबन्धन बनेको बताए । "सुनवल निकै सम्भावना बोकेको नगर हो ।" उनले भने," यो नगरको बिकासका निमित्त गठबन्धनको जित आवश्यक छ र निश्चित छ ।" गठबन्धनका प्रतिबद्धताहरु प्रती सकारात्मकता जनाउदै उनले थपे, " जित पश्चात् सुनवलको मुहार फेर्न गठबन्धनले हदै सम्मको प्रयास गर्नेछ, नगरबासीहरु ढुक्क भएर बस्दा हुन्छ । हामी काम गरेर देखाउछौ ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology