देवदह । देवदह नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त प्यानलबाट नगर प्रमुख पदका उम्मेदवार हिरा बहादुर खत्रीले भूमिसम्बन्धी समस्या समाधान गठबन्धनको पहिलो प्राथमिकता भएको बताएका छन् । आफू नगरप्रमुख रहँदा जग्गा नापजाँचको काम सुरू भएको उल्लेख गर्दै उनले भूमिसम्बन्धी समस्याको पुर्ण समाधान गरि लालपुर्जा वितरण गर्न आफू निरन्तर लाग्ने बताएका हुन् ।
बुधबार देवदहको वडा नं. ३ र ४ मा गठबन्धनद्वारा आयोजित घरदैलो कार्यक्रममा बोल्दै निवर्तमान नगरप्रमुख समेत रहेका खत्रीले गत निर्वाचनमा देवदहमा मात्रै नगरप्रमुख र तीन वटा वडामा आफुहरुको जीत भएको र कार्यपालिकामा बहुमत नभएको कारण आफुले लिएका प्रतिवद्धता र अगाडी सारेका कतिपय कामहरु पूरा गर्न नसकेको बताए । प्रतिबद्धता अनुसारका सबै काम सम्पन्न गर्न यो पटक गठबन्धनलाई बहुमत सहित विजयी गराउनुपर्नेमा उनले जोड दिएका थिए ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै उपमेयर पदकी उम्मेदवार सुन्दरी गिरीले देवदहवासीले गफ गर्ने नभएर काम गर्ने टिमलाई निर्वाचित गरे मात्रै देवदहको सर्वाङ्गिण विकास हुन सक्ने बताइन् । आफुले देखेको र आम देवदहवासीले देखेको समृद्ध देवदहको सपना एउटै भएलो उल्लेख गर्दै गिरिले सुन्दर सपना पूरा गर्न गठबन्धनले जीत हासिल गर्नुपर्नेमा जोड दिईन् ।
घरदैलो कार्यक्रममा गठबन्धनका नगर र जिल्ला स्तरिय नेता कार्यकर्ताहरूको समेत उपस्तिथि रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology