Logo

२०८३, श्रावण २७गते


images
images

आत्मघाती विस्फोट

पाकिस्तानको बलुचिस्तानमा रेलमार्ग नजिक आत्मघाती विस्फोट, ३० जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तानमा रेलमार्ग नजिक आत्मघाती विस्फोट, ३० जनाको मृत्यु

images
  • पाकिस्तानको बलुचिस्तानमा रेलमार्ग नजिक आत्मघाती विस्फोट, ३० जनाको मृत्यु
    images
    images

    काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा शहरमा आइतबार रेलमार्ग नजिक भएको आत्मघाती विस्फोटमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । विस्फोटको चपेटामा जाफर एक्सप्रेस परेको पाकिस्तानी अधिकारीहरूले जनाएका छन् ।

    images
    images
    images

    चमन फाटक नजिक भएको शक्तिशाली विस्फोटका कारण रेलका धेरै डिब्बा लिकबाट बाहिरिएका थिए । घटना हुँदा रेल क्वेटा क्यान्टतर्फ गइरहेको बताइएको छ । विस्फोटसँगै रेलमार्ग आसपास आगलागी भएको थियो । त्यसपछि दमकल, प्रहरी, उद्धार टोली तथा सुरक्षा निकाय घटनास्थल पुगेका थिए र उद्धार तथा राहत कार्य सुरु गरिएको थियो । प्रहरीका अनुसार विस्फोटको प्रभावले आसपासका भवनका झ्यालका सिसासमेत फुटेका छन् । सुरक्षा निकायले क्षेत्रलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

    images
    images
    images

    बलुचिस्तान सरकारका गृह मामिला सम्बन्धी विशेष सहायक बाबर युसुफजईले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन् । उनले सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जानकारी दिएका छन् । हालसम्म कुनै समूहले हमलाको जिम्मेवारी लिएको छैन । तर सुरक्षा निकायले यसलाई आतंकवादी हमला मानेर अनुसन्धान अघि बढाइरहेको छ ।

    images
    images
    images

    बलुचिस्तान हुँदै सञ्चालन हुने यो रेलमार्ग क्षेत्रमा बलुच लिबरेशन आर्मीको प्रभाव रहेको बताइन्छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।