Logo

२०८३, आश्विन ९गते


images
images

कान्स फिल्म फेस्टिभल

कान्स फिल्म फेस्टिभलमा नेपालको उपस्थिति, नेपालीले गौरव गर्ने स्तरमा पुगेको छ- डंगोल

कान्स फिल्म फेस्टिभलमा नेपालको उपस्थिति, नेपालीले गौरव गर्ने स्तरमा पुगेको छ- डंगोल

images
  • कान्स फिल्म फेस्टिभलमा नेपालको उपस्थिति, नेपालीले गौरव गर्ने स्तरमा पुगेको छ- डंगोल
    images
    images

    काठमाडौँ । फ्रान्सको कान्समा भएको यस वर्षको फिल्म फेस्टिभल नेपालीले गौरव महसुस गर्ने स्तरमा भएको प्रतिक्रिया दिँदै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, यो क्षण नेपाली चलचित्र उद्योगका लागि गर्व गर्न लायक भएको बताएकी छन् ।

    images
    images
    images

    फेस्टिभलमा भाग लिएर स्वदेश फर्किएपछि आज विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले, फेस्टिभलमा अविनाश विक्रम शाहले निर्देशन गर्नुभएको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरु)’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ अझ अग्लिएको धारणा राखिन् । 

    images
    images
    images

    उनले भनिन्- ‘नेपाली चलचित्र वर्ल्ड प्रिमियर हुँदा कलाकारसँगै बसेर चलचित्र हेर्दा गौरव अनुभूति भयो । चलचित्रले लगातार ७ मिनेटसम्म स्टयान्डिङ ओभेसन (लगातार ताली) प्राप्त गरेको थियो । सबै दर्शक इमोसनल हुनुभएको थियो । फेस्टिभलको इतिहासमा नेपाली चलचित्रलाई प्राप्त भएको यो पहिलो अवसर फुटवलप्रेमीहरुका लागि विश्वकपमा जिते जत्तिकै महत्वपूर्ण र ऐतिहासिक बन्यो । यो स्थान हासिल गर्नका लागि अथक प्रयत्न गर्ने पर्दा अगाडिका कलाकार र पर्दा पछाडि निर्माण तथा सिर्जनामा काम गर्ने सबैप्रति हामी आभार र कृतज्ञता प्रदान गर्न चाहन्छौँ ।’

    images
    images
    images

    महोत्सवको काठमाडौँ सम्बन्धका विषयमा कुराकानी गर्दै उनले भनिन्- 'काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने फिल्म फेस्टिभलको विषय कान्स महोत्सवमार्फत अन्तरराष्ट्रिय मञ्चमा पुर्‍याउनु, चलचित्र विधाका नगरहरुका बिचमा आपसी सम्बन्ध, सिकाइ तथा प्राविधिक क्षमता आदान प्रदानको विषय प्रवेश हुनु हामी सबैका लागि सुखद कुरा हो । अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सिप र अनुभवको उपयोग र फिल्म महोत्सव मार्फत हामी रचनात्मक उद्योगसँग सम्बन्धित क्षेत्रको सन्तुलित विकास गराउन चाहन्छौँ ।’

    फेस्टिभलमा परम्परागत पोशाकमा सहभागी भएको बारे उनले भनिन्- 'मैले नेवार समुदायको मौलिक पोशाक हाकुपटासी लगाएकी थिएँ । म नेवार, त्यसमा पनि ज्यापू समुदायको प्रतिनिधित्व गर्छु । हाम्रो संस्कार, संस्कृति र परम्पराको प्रतिनिधित्व गर्दै हाकुपटासी लगाएकी हुँ । यो नेपालको मौलिक पोशाक भएकोले नेवार समुदायले मात्र होइन । विश्वभर बसेका नेपालीले गौरव महसुस गर्ने विषय हो । यसले हाम्रो पहिचानलाई विश्व सामु पु¥याएको छ ।’

    फ्रान्सको कान्स नगरका मेयर डेभिड लिसनार्डको निमन्त्रणा गएको आइतबार फ्रान्स प्रस्थान गरेकी डंगोलले, मेयर लिसनार्डलाई काठमाडौँ चलचित्र महोत्सवमा सहभागी हुन निमन्त्रणा दिएकी छन् । मेयर डेभिडले, काठमाडौँ फिल्म फेस्टिभलको सफलताका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन् । 

    फेस्टिभलमा चलचित्र उत्पादनसँग सम्बन्धित प्रविधि र प्राविधिक स्थलको अवलोकन, यी विषयमा नगरका प्रमुखहरु तथा रचनात्मक उद्योग क्षेत्रका अधिकारीहरुसँग आपसी सिकाइ, भोगाइ तथा अनुभव आदानप्रदान भएको थियो । चलचित्रबाट गीत, संगीत, साहित्य, फेसन, खाना जस्ता कला, शैली र शिल्पलाई रचनात्मक उद्योगमा विकसित गर्ने सम्भावनाका विषयमा कुराकानी भएको थियो । स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय क्षेत्रका चलचित्रलाई सिर्जनात्मक उद्योगमा जोड्ने, शिक्षा तथा प्राज्ञिक क्षेत्र, पेशाकर्मीको सहभागिता, आपसी सिप र हितका विषय भेट र छलफलमा समेटिएका थिए ।  

    कान्स र काठमाडौँ दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।