Logo

२०८३, आश्विन ९गते


images
images

अनाधिकृत रुपमा 'डाक्टर' को प्रयोग गरेर उपचार नगर्न मेडिकल काउन्सिलको चेतावनी

अनाधिकृत रुपमा 'डाक्टर' को प्रयोग गरेर उपचार नगर्न मेडिकल काउन्सिलको चेतावनी

images
  • अनाधिकृत रुपमा 'डाक्टर' को प्रयोग गरेर उपचार नगर्न मेडिकल काउन्सिलको चेतावनी
    images
    images

    काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक उपाधिको अनाधिकृत प्रयोग र भ्रामक विज्ञापनविरुद्ध कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।

    images
    images
    images

    काउन्सिलले नियम अनुसार दर्ता नभएका चिकित्सकले  अनधिकृत रूपमा 'डा.' उपाधि प्रयोग गरी उपचार सेवा दिने, औषधि सिफारिस गर्ने र परामर्श दिने गरेको पाइएको भन्दै कडा कारवाहीको चेतावनी दिएको हो ।

    images
    images
    images

    काउन्सिलले भनेको छ- 'नेपाल मेडिकल काउन्सिल ऐन, २०२० मा स्पष्ट उल्लेख गरिएको कानुनी व्यवस्थाहरूको प्रत्यक्ष उल्लङ्घन गर्दै विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालहरूमा गैर- चिकित्सक स्वास्थ्यकर्मीहरू एवं अन्य असम्बन्धित व्यक्तिहरूले समेत आफ्नो नामको अगाडि अनाधिकृत रूपमा 'डाक्टर' उपाधि प्रयोग गरी चिकित्सा अभ्यास गर्ने, औषधिको प्रेस्क्रिप्सन/परामर्श लेख्ने तथा सर्वसाधारणमा गम्भीर भ्रम सिर्जना गरी जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरिरहेको पाइएको हुँदा यस काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । अतः जनस्वास्थ्य तथा बिरामीको सुरक्षासित प्रत्यक्ष सम्बन्ध भएको चिकित्सा क्षेत्र र पेशाको उपहास गर्ने व्यक्तिहरूको विरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्न नेपाल मेडिकल काउन्सिलको यसै सूचना मार्फत सम्बन्धित सबैलाई देहाय बमोजिमको सूचना सार्वजनिक गरिएको छ ।'

    images
    images
    images

    काउन्सिलका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को प्रस्तावनाअनुसार देशभर आधुनिक चिकित्सा प्रणालीको वैज्ञानिक अभ्यासलाई व्यवस्थित गर्ने, चिकित्सकको योग्यता निर्धारण गर्ने र नागरिकको स्वास्थ्य हित संरक्षण गर्ने जिम्मेवारी काउन्सिलको भएको उल्लेख गर्दै ऐनअनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणालीअन्तर्गत स्नातक तहको योग्यता हासिल गरी सोही पेशामा संलग्न व्यक्तिलाई मात्र चिकित्सक मानिने व्यवस्था छ । त्यस्तै सम्बन्धित विषयमा स्नातकोत्तर वा डिप्लोमा तथा आवश्यक विशेषज्ञ तालिम प्राप्त व्यक्तिलाई विशेषज्ञ चिकित्सकको रूपमा परिभाषित गरिएको छ ।

    काउन्सिलले ऐनको दफा २७ को उपदफा १ अनुसार आफूले नपाएको चिकित्सा सम्बन्धी उपाधि, प्रमाणपत्र वा उपाधिजन्य शब्द नामसँग जोडेर प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको पनि स्मरण गराएको छ । यसै सन्दर्भमा काउन्सिलले शून्य सहनशीलताको नीति अपनाउँदै सम्बन्धित सबैका लागि चार बुँदे निर्देशन सार्वजनिक गरेको छ ।

    पहिलो, नेपाल मेडिकल काउन्सिल वा सम्बन्धित विधागत परिषदबाट चिकित्सकको मान्यता प्राप्त नगरेका कुनै पनि व्यक्तिले प्रयोग गर्दै आएको “डा.” उपाधि यो सूचना जारी भएको मितिले १५ दिनभित्र हटाउनुपर्नेछ । साथै आधिकारिक कागजात, औषधि सिफारिस पर्चा, क्लिनिकका सूचना पाटी, भ्रमण कार्ड तथा सामाजिक सञ्जालबाट समेत पूर्ण रूपमा हटाउनुपर्नेछ ।

    दोस्रो, स्वदेश वा विदेशका शिक्षण संस्थाबाट ‘डाक्टर’ शब्द उल्लेख भएको शैक्षिक उपाधि प्राप्त हुनुको अर्थ नेपालमा स्वतः चिकित्सकीय अभ्यास गर्ने अनुमति नहुने स्पष्ट पारिएको छ । नेपालमा बिरामीको उपचार गर्ने तथा “डा.” वा चिकित्सक उपाधि प्रयोग गर्ने अधिकार काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र रहेको काउन्सिलले जनाएको छ ।

    तेस्रो, काउन्सिलमा दर्ता नभएका वा अन्य पेशागत परिषदमा दर्ता भएका व्यक्तिले समेत आधुनिक चिकित्सा अभ्यासको भ्रम सिर्जना गरेमा वा औषधि सिफारिस गरेको पाइएमा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २६ र २७ अनुसार तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको सिफारिस हुने चेतावनी दिइएको छ ।

    चौथो, तोकिएको १५ दिनको समयसीमा समाप्त भएपछि काउन्सिलको विशेष अनुगमन टोलीले स्थलगत तथा विद्युतीय माध्यमबाट कडा अनुगमन गर्नेछ । अनुगमनका क्रममा ऐन विपरीत “डा.” उपाधि प्रयोग गरेको वा चिकित्सकीय सेवा दिएको पाइएमा कानुनअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने काउन्सिलले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मेडिकल काउन्सिल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।