Logo

२०८३, आश्विन १०गते


images
images

पार्टी एकता मजबुत बनाउन प्रयास गरिरहेको छु: सभापति थापा

पार्टी एकता मजबुत बनाउन प्रयास गरिरहेको छु: सभापति थापा

images
  • पार्टी एकता मजबुत बनाउन प्रयास गरिरहेको छु: सभापति थापा
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको एकता मजबुत बनाउन आफू निरन्तर प्रयासरत रहेको बताएका छन्।

    images
    images
    images

    प्रजातान्त्रिक विचार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टी एकताका लागि अझ के गर्नुपर्ने हो स्पष्ट रूपमा बताउन आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले भने- 'सबैलाई सँगै लिएर जाने भनेर खुलेरै भनिरहेको छु, बन्द कोठामा पनि यही कुरा दोहोर्‍याएको छु । अझ निहुरिएर र हात जोडेर पनि आग्रह गरेको छु । अब के गर्दा प्रयास मानिने हो ?'

    images
    images
    images

    नेता पूर्णबहादुर खड्काले हालै पार्टी फुटको जोखिमबारे दिएको अभिव्यक्तिप्रति संकेत गर्दै थापाले नेताहरूसँग निरन्तर संवाद भइरहेको बताए । उनले विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कसैलाई अवसर नदिने नीति नहुने स्पष्ट पारेका थिए । पार्टीका कुनै पनि तहमा त्यस आधारमा निर्णय नहुने उनको भनाइ थियो ।

    क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी विवादबारे पनि उनले टिप्पणी गर्दै नयाँ सदस्यता र युवा सहभागितालाई अवरोध गर्न नहुने बताए ।

    उनले पुराना नेताहरूलाई समेत समेटेर अघि बढ्ने र सबैलाई सम्मानजनक स्थान दिँदै काम गर्न चाहेको धारणा राख्दै आगामी महाधिवेशनका लागि निष्पक्ष संरचना बनाउन सबै पक्षसँग नाम सुझाव मागिएको बताए ।

    उनले विशेष महाधिवेशनमा सहभागी नभएका पक्षलाई पनि समेटेर अघि बढ्न आफूले काम गरिरहेको बताउदै सार्वजनिक मञ्चदेखि नेताहरूको घरदैलोमा पुगेर समेत एकता कायम गर्न प्रयास गरे पनि केही नेताहरूले त्यस्तो प्रयास नभएको भनेर टिप्पणी गर्ने गरेको गुनासो गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।