Logo

२०८३, आश्विन १०गते


images
images

युद्धविरामको वीचमै लेबनानमाथि इजरायलको आक्रमण जारी

युद्धविरामको वीचमै लेबनानमाथि इजरायलको आक्रमण जारी

images
  • युद्धविरामको वीचमै लेबनानमाथि इजरायलको आक्रमण जारी
    images
    images

    काठमाडौँ । युद्धविराम अवधि थप गरिएको भए पनि इजरायलले लेबनानमाथि आक्रमण तीव्र बनाएको छ । विभिन्न सञ्चारमाध्यमका अनुसार दक्षिण लेबनानका विभिन्न क्षेत्रमा ३० भन्दा बढी हमला गरिएको छ ।

    images
    images
    images

    लगातार भइरहेको हवाई आक्रमण र गोलाबारीका कारण दक्षिणी क्षेत्रका हजारौं नागरिक विस्थापित हुन थालेका छन् । विशेषगरी सैदाबाट बेरुत जाने राजमार्गमा ठूलो संख्यामा मानिसहरू घर छाडेर सुरक्षित स्थानतर्फ गइरहेको दृश्य देखिएको बताइएको छ ।

    images
    images
    images

    पछिल्ला केही सातादेखि लेबनानमा युद्धविराम लागू रहे पनि इजरायली आक्रमण भने रोकिएको छैन । लगातारको हमला र खाली गर्न जारी गरिएका आदेशका कारण दक्षिण लेबनानका बासिन्दा त्रसित बनेका छन् ।

    images
    images
    images

    स्थानीय प्रतिवेदनअनुसार हवाई आक्रमणपछि धेरै परिवारले आफ्नो घर छाड्न बाध्य भएका छन् भने सीमावर्ती क्षेत्रमा तनाव अझ बढ्दै गएको छ ।

    अमेरिकामा दुई दिन भएको वार्तामा शुक्रबार राति इजरायल र लेबनानबीच युद्धविराम ४५ दिनका लागि बढाउने र राजनीतिक तहको वार्ता आगामी जुन २ र ३ मा पुनः सुरु गर्ने सहमति भएको थियो । मे २९ मा पेन्टागनमा दुवै देशका सैन्य प्रतिनिधिमण्डलबीच सुरक्षा सम्बन्धी विषयमा छुट्टै बैठकसमेत हुने बताइएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लेबनानमाथि आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।