Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

हर्क साम्पाङ भन्छन्- देशमा प्रधानमन्त्री छैनन् !

हर्क साम्पाङ भन्छन्- देशमा प्रधानमन्त्री छैनन् !

images
  • हर्क साम्पाङ भन्छन्- देशमा प्रधानमन्त्री छैनन् !
    images
    images

    काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् । 

    images
    images
    images

    बुधबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रतिनिधिसभा वैठकमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह अनुपस्थित भएपछि संसद वहिष्कार गरेका साम्पाङले देशमा प्रधानमन्त्री नभएको टिप्पणी गरेका हुन् । 

    images
    images
    images

    संसद भवन बाहिर प्रतिक्रिया दिदै उनले भने- 'प्रधानमन्त्री भए त संसदमा आउनु पर्ने हो । हाम्रो र जनताको धेरै प्रश्नहरु छन् ।’

    images
    images
    images

    उनले सरकारले मनलाग्दी रुपमा संसद चलाइरहेको समेत आरोप लगाउदै नीति तथा कार्यक्रमको छलफलमा पनि पर्याप्त समय नदिएको र संसदमा प्रस्तुत गर्नुपर्ने प्रधानमन्त्री नै अनुपस्थित भएको टिप्पणी गरे । 

    उनले सरकारको नीति तथा कार्यक्रम सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिएपछि संसद भित्रै प्रधानमन्त्रीको राजीनामा माग्दै नारावाजी समेत गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।