Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

बन्दूकले उत्पीडित समुदायका प्रतिनिधिहरू सांसद र मन्त्री बन्ने ढोका खोल्यो- प्रचण्ड

बन्दूकले उत्पीडित समुदायका प्रतिनिधिहरू सांसद र मन्त्री बन्ने ढोका खोल्यो- प्रचण्ड

images
  • बन्दूकले उत्पीडित समुदायका प्रतिनिधिहरू सांसद र मन्त्री बन्ने ढोका खोल्यो- प्रचण्ड
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले क्रान्तिका उपलब्धिमाथि गर्व गर्ने समाजमा नै केही पात्रहरू अझै क्रान्तिको अपराधीकरणमा लागेको आरोप लगाएका छन् ।

    images
    images
    images

    मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रचण्डले सामन्तवादविरुद्ध आफुहरुले उठाएको बन्दूकले ढोका खोलेकोकै कारण आज उत्पीडित समुदायका प्रतिनिधिहरू सांसद र मन्त्री बन्न सकेको स्पष्ट गरे । 

    images
    images
    images

    उनले शान्ति प्रक्रियापछिको मधेशी अभियानको स्मरण गर्दै भने- 'शान्तिप्रक्रियालगत्तै काठमाडौंका भित्ताहरूमा हामीले मधेशी हुनुको गर्व स्थापित गर्न अभियान सञ्चालन गरेका थियौं। काठमाडौंसँग मधेशले काठमाडौंमै आफ्नो पहिचान र आत्मसम्मानको यति निर्भीक दाबी यसअघि कहिल्यै गरेको थिएन ।'

    images
    images
    images

    प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहको उदयलाई क्रान्तिको जीतको रूपमा व्याख्या गर्दै भने - बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जीत हो ।'

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।