Logo

२०८३, श्रावण २७गते


images
images

हर्क साम्पाङको प्रश्न- बजेट राष्ट्रिय बजेट हो कि रास्वपाको बजेट हो ?

हर्क साम्पाङको प्रश्न- बजेट राष्ट्रिय बजेट हो कि रास्वपाको बजेट हो ?

images
  • हर्क साम्पाङको प्रश्न- बजेट राष्ट्रिय बजेट हो कि रास्वपाको बजेट हो ?
    images
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले ल्याउने बजेट बारे प्रतिपक्षीसँग छलफल नगरेको भन्दै आलोचना गरेका छन् । 

    images
    images
    images

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रतिपक्षी दलसँग छलफल नगरी एकलौटी रूपमा बजेट ल्याउन लागेको आरोप लगाउदै यो बजेट राष्ट्रिय बजेट हो कि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बजेट हो भन्दै प्रश्न गरेका थिए । 

    images
    images
    images

    राज्य ढुकुटी भएकाले सबैसँग छलफल गरेर बजेट बनाउनुपर्नेमा जोड दिए । उनले भने- 'यो बजेट राष्ट्रिय बजेट हो कि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बजेट हो, बजेट सरकार र सरकारमा बस्नेको गोजीको पैसा हो ? राष्ट्रिय ढुकुटी भए प्रतिपक्षीसँग सल्लाह गरेर सबैतिरको जनताको सेवा सुविधा सम्बोधन गर्ने गरी बजेट बनाउनुपर्ने होइन र ?'

    images
    images
    images

    उनले सरकारले लिएको ऋणको औचित्य पुष्टि गर्न आग्रह गर्दै विदेशी ऋण लिने विषय संसदमा छलफल गर्न माग गरेका थिए ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।