Logo

२०८३, आश्विन ९गते


images
images

स्थानीय तह  निर्वाचन

स्थानीय तह  निर्वाचन : यस्तो छ सुनवलको भिडन्त

स्थानीय तह  निर्वाचन : यस्तो छ सुनवलको भिडन्त

images
  • स्थानीय तह  निर्वाचन : यस्तो छ सुनवलको भिडन्त
    images
    images

    रेशम अधिकारी, पश्चिम् नवलपरासी ।  पश्चिम् नवलपरासीको सुनवल नगरपालिकाको आगामी ५ वर्षको कार्यकालका लागि बिभिन्न दल तथा स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारी दर्ता गराएका छन् ।  सोमबार मनोनयन दर्ता गराएसंगै पश्चिम नवलपरासीको  सुनवल नगरपालिका प्रमुखको रुपमा ६ जना चुनाबी मैदानमा होमिने छन् । 

    images
    images
    images

    निकै रस्साकस्सी माझ सुनवल नगरपालिकामा कांग्रेस र माओवादीको चुनावी तालमेल भयो । जसमा नगरप्रमुखको लागि  कांग्रेसबाट अर्जुन पोखरेललाई अगाडि सारियो भने उप प्रमुखमा एमाले परित्याग गरि माओवादी प्रवेश गरेका लेखनाथ खरेललाई अगाडि सारियो  । यता नगरमा कांग्रेस माओवादी बीच तालमेल भएपनि अन्तिमसम्म पनि सहमति जुट्न नसकेपछी गठबन्धन तोड्दै उम्मेदवारी दिइयो ।  

    images
    images
    images

     स्थानीय चुनाव २०७४ मा नेपाली कांग्रेसका भिम बहादुर थापा भरतसंग पराजित भएकि एमाले नेतृ बिमला अर्याललाई पुन सुनवल नगर प्रमुखको उम्मेदवार बनाइए छ । यता उप प्रमुखमा सुर्य दुवेलाई अधि सारेको छ । अघिल्लो स्थानीय चुनावमा एमालेले सुनवल नगरपालिकामा उपप्रमुख बिजय भएको  थियो । 

    images
    images
    images

    सुनवल नगरपलिकाको प्रेमुखको रुपमा विवेकशील साझा पार्टीबाट रामु पराजुली, राप्रपाबाट दिल कुमारी बुढा मगर, लोसपा बाट हरिराम कुवार, राष्ट्रिय जन्मोर्चा बाट उत्तमराज खरेलले  मनोनयन दर्ता गराएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।