Logo

२०८३, आश्विन १०गते


images
images

रुस-युक्रेन युद्ध अन्त्यतर्फ उन्मुख छ: पुटिन

रुस-युक्रेन युद्ध अन्त्यतर्फ उन्मुख छ: पुटिन

images
  • रुस-युक्रेन युद्ध अन्त्यतर्फ उन्मुख छ: पुटिन
    images
    images

    काठमाडौँ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले रुस-युक्रेन युद्ध अन्त्यतर्फ उन्मुख रहेको दाबी गरेका छन् । 

    images
    images
    images

    विजय दिवस परेडपछि दिएको वक्तव्यमा उनले युद्ध अब अन्तिम चरणतर्फ अघि बढिरहेको बताएका हुन् । साथै उनले यो युद्ध चर्काउन पश्चिमी देशका ‘वैश्विक अभिजात वर्ग’ जिम्मेवार रहेको आरोप लगाए ।

    images
    images
    images

    पुटिनले पश्चिमी देशहरूले आफ्ना भूराजनीतिक स्वार्थ पूरा गर्न युक्रेनलाई ‘हतियार’ का रूपमा प्रयोग गरेको आरोप लगाए । उनका अनुसार रुसको सुरक्षा चासोलाई पूर्ण रूपमा बेवास्ता गरिएको थियो र युक्रेनमार्फत रुसी सेनामाथि आक्रमण गराइएको थियो । उनले पश्चिमी सैन्य सहयोगकै कारण युद्ध लामो समयसम्म तानिएको दाबी पनि गरे ।

    images
    images
    images

    रुसी राष्ट्रपतिले सन् २०२२ मा इस्तानबुलमा भएको प्रारम्भिक शान्ति सम्झौताको प्रसंग पनि उठाए । उनले त्यसबेला युक्रेन सम्झौताका लागि तयार भएको र प्रारम्भिक कागजातमा हस्ताक्षरसमेत गरेको दाबी गरे । तर पछि फ्रान्स र बेलायतको दबाबपछि युक्रेन पछि हटेको उनको भनाइ थियो । पुटिनका अनुसार फ्रान्सका राष्ट्रपति र तत्कालीन बेलायती प्रधानमन्त्रीले उक्त सम्झौतालाई ‘अनुचित’ भन्दै युक्रेनलाई रोक्न भूमिका खेलेका थिए । उनले प्रश्न उठाउँदै भने, 'जब युक्रेनी प्रतिनिधिमण्डल आफैं तयार थियो भने बाह्य शक्तिले त्यसलाई कसरी अनुचित भन्न सक्छ ?'

    युद्ध पाँचौं वर्षमा प्रवेश गरिरहँदा पुटिनले पश्चिमी देशहरूको रणनीति असफल भएको दाबी गरे । उनले पश्चिमले केही महिनामै रुसलाई कमजोर पारेर राज्यसत्ता ध्वस्त पार्ने अपेक्षा गरेको तर त्यसमा पूर्ण रूपमा असफल भएको बताए । उनका अनुसार अहिले पश्चिमी शक्तिहरू आफैं संकटमा फसेका छन् । पुटिनले भविष्यमा युरोपमा राजनीतिक परिवर्तन हुने र रुससँग राम्रो सम्बन्ध चाहने शक्तिहरू सत्तामा आउने अपेक्षा पनि व्यक्त गरे ।

    विजय दिवसको अवसरमा उनले भारत, चीन र अमेरिकाजस्ता प्रमुख राष्ट्रसँग युक्रेन युद्धको पछिल्लो अवस्थाबारे रणनीतिक जानकारी साझा गरिएको पनि बताए । शान्ति प्रक्रियालाई अगाडि बढाउन यी देशलाई विश्वासमा लिइएको उनको भनाइ थियो । यस कूटनीतिक पहलपछि रुस र युक्रेनबीच तीन दिने अस्थायी युद्धविराममा सहमति भएको पुटिनले जानकारी दिए। युद्धविरामको मुख्य उद्देश्य युद्धग्रस्त क्षेत्रमा मानवीय सहायता पुर्‍याउनु र तनाव कम गर्नु रहेको उनले बताए ।

    नाजीवादमाथिको ऐतिहासिक विजयको सम्मानस्वरूप यो कदम आवश्यक रहेको पुटिनको भनाइ थियो । उनले किभमा रहेका विदेशी दूतावासहरूको सुरक्षाको प्रत्याभूति पनि दिएका छन् । भारत र चीनजस्ता ‘मित्र राष्ट्र’ को सहभागितालाई उनले विश्व स्थिरताका लागि महत्वपूर्ण बताए । यद्यपि युद्धविराम केवल तीन दिनका लागि भए पनि यसलाई भविष्यमा स्थायी शान्ति सम्झौताका लागि महत्वपूर्ण प्रारम्भिक उपलब्धिका रूपमा हेरिएको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतापछि रुस र युक्रेनबीच तीन दिने युद्धविराम घोषणा गरिएको बताइएको छ । यो अस्थायी सहमति रुसको विजय दिवस समारोहसँगै लागू भएको हो । ट्रम्पका अनुसार पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युद्धविराममा सहमत भएका थिए । यद्यपि अन्तर्राष्ट्रिय समुदायले भने अझै पनि स्थायी समाधान र वार्तामार्फत शान्ति पुनःस्थापनाको अपेक्षा गरिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भ्लादमिर पुटिन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।