Logo

२०८३, आश्विन ९गते


images
images

अभिनेत्री शिल्पा मास्केले कसिन् प्रेमीसँग लगनगाँठो

अभिनेत्री शिल्पा मास्केले कसिन् प्रेमीसँग लगनगाँठो

images
  • अभिनेत्री शिल्पा मास्केले कसिन् प्रेमीसँग लगनगाँठो
    images
    images

    काठमाडौँ । अभिनेत्री शिल्पा मास्के विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी तथा ट्याटु आर्टिस्ट फ्लावर केसीसँग लगनगाँठो कसेकी हुन् ।

    images
    images
    images

    उनीहरूको विवाह हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा भएको हो । कोबाङ गाउँमा अवस्थित लज थासाङ भिलेजमा भएको विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्यहरूको मात्र उपस्थिति रहेको थियो । 

    images
    images
    images

    शिल्पाले विवाहका केही तस्वीरहरू फेसबुक र इन्स्टाग्राममा सेअर गर्दै प्रकृतिको बीचमा विवाह गर्ने आफूहरूको सपना पूरा भएको उल्लेख गरेकी छन् । विवाहका हरेक क्षण सपनाजस्तै रहेको बताउँदै उनले भनेकी छन्, ‘एक समय कल्पनामा मात्र रहेको सपना आज हाम्रो जीवनको सबैभन्दा सुन्दर सम्झनामध्ये एक बनेको छ ।’

    images
    images
    images

    शिल्पा पछिल्लो पटक आफैँले निर्माण गरेको फिल्म ‘देवी’मा देखिएकी थिइन्, जुन २०८१ सालमा रिलिज भएको थियो । तर, यो फिल्म व्यावसायिक रूपमा सफल हुन सकेन ।

    उनले सन् २०१९ मा प्रदर्शन भएको फिल्म ‘द ब्रेकअप’बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन् । यसपछि उनले अभिनय गरेका ‘कागजपत्र’, ‘सानो मन’, ‘कठपुतली’, ‘लाइफ इन एलए’, ‘परस्त्री’, ‘फूलबारी’ जस्ता फिल्म प्रदर्शनमा आइसकेका छन् । उनी चाँडै नयाँ फिल्म ‘जलाकी’मा देखिँदैछिन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।