Logo

२०८३, श्रावण २७गते


images
images

एक महिनामै ओलीको बाटोमा लागे बालेन: दुर्गा प्रसाई

एक महिनामै ओलीको बाटोमा लागे बालेन: दुर्गा प्रसाई

images
  • एक महिनामै ओलीको बाटोमा लागे बालेन: दुर्गा प्रसाई
    images
    images

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रधानमन्त्री बालेन्द्र शाह केपी ओलीकै बाटोमा लागेको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    शनिबार विशेष पत्रकार सम्मेलन गर्दै प्रसाईले ओलीले यति धेरै बर्ष लगाएर बनाएको बाटोमा बालेन यति छोटोसमयमै त्यहि बाटोमा गएको आरोप लगाए ।

    images
    images
    images

    उनले भने- 'अहिले गाउँ तिर भोट हाल्ने मान्छे लुक्न थालेका छन् । अहिले ठ्याक्कै उल्टो भएको रैछ । केपी ओलीले ३४ बर्ष लगाएर जुन बाटोमा गएका थिए नी यिनीहरुलाई त एक महिना पनि लागेन । अहिले बालेनले ओलीले जस्तै सबै शक्ति आफ्नो हातमा लिएका छन् । बालेनले बन्दुकको शक्ति आफ्नो हातमा लिदैछन् । म बालेनलाई भन्न चाहन्छु, शक्ति भनेको जनता हो । बन्दुक होइन ।'

    images
    images
    images

    प्रसाईले भत्काउनुपर्ने विषय नभत्काएर सरकारले नभत्काउनुपर्ने विषय भत्काउदै हिडेको आरोप लगाए । प्रसाईँले आफु नयाँ सरकार गठन भएपछि सुरुका १०० दिनसम्म प्रतिक्रिया नदिने सोच बनाएको भए पनि परिस्थितिले आफूहरूलाई बोल्न बाध्य बनाएको बताए ।

    प्रसाईँले गरिब बस्तीमा डोजर चलाएर घर भत्काइएको भन्दै त्यसबाट पीडित भएका नागरिकको आँसु लाग्ने चेतावनीसमेत दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।