काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल ‘ए’ टोलीले अमेरिका र स्कटल्याण्डविरुद्ध खेल्ने खेल तालिका सार्बजनिक गरेको छ ।
जस अनुसार मे ७ मा नेपाल ए ले स्कटल्याण्डसँग, मे ८ मा अमेरिकासँग, मे ९ मा स्कटल्याण्डसँग र मे ११ मा अमेरिकासँग खेल्ने भएको छ ।
क्यानले मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा हुने खेलका लागि नेपाल ए को कप्तानी अनिल कुमार शाहले गर्ने भएका छन् । साथै मे १२ देखि २२ सम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने विश्व क्रिकेट लिग–२ को तयारीमा समेत सहयोग पुग्ने गरी टोली घोषणा गरिएको क्यानले जनाएको छ ।
टोलीमा कप्तान अनिल कुमार साहसहित तृतराज दास, देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, सन्तोष यादव, हेमन्त धामी, रसिद खान, मयन यादव, नारायण जोशी, आकाश चन्द, दीपक डुम्रे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र साहब आलम रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology