रेशम अधिकारी अशोक, सुनवल । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चुनाव प्रचारप्रसार सङ्गै राजनीतिक दलहरूले उम्मेदवार टुङ्गाउने दौडधुपमा लागिरहेका छन् । कतै उम्मेदवार छनोट प्रक्रियामा छ भने केहि ठाउँमा सर्वसम्मत रुपमा उम्मेदवार छनोट भएका छन् ।
पश्चिम् नवलपरासीको सुनवल नगरपालिकामा विवेकशील साझा पार्टीले नगर-प्रमुखकाे उम्मेदवारको रुपमा रामजी बाबूलाई अगाडि सार्ने भएको छ ।
परम्परागत पार्टीहरू असफल भएको भन्दै वैकल्पिक राजनीतिको बाटो अंगालेको विवकेशील साझा पनि पुरानै दलहरू जस्तै आन्तरिक कलहमा फस्यो । तर बाबुले भने पार्टी भित्र संघर्ष गर्ने निर्णय गरे । २५ बर्षिय तिनै युवा जनताले आफुलाइ बिश्वास गरे सुनवलको मुहार फर्ने सक्ने बताउँछन् ।
"चुनावी मैदानमा होमिएपछी हारजित हुन्छ त्यो स्वभाविक कुरा हो, पटक पटक पुराना दललाई भोट दिएर जनता निरास भएका छन । यो पटक जनताले बिचार गर्नुपर्छ उनले भने म विवेकशील साझाको जिल्ला संयोजक भएका कारण नेतृत्वदायी भुमिकाबाट भाग्न मिलेन ।
बाबुले हार व्यहाेर्नुपरे पनि त्यसले आफुलाई कुनै फरक नपार्ने बरु आफ्नाे ‘हार’ लाई व्यवसायिक सफलताले प्रतिस्थापन गर्ने आँकलन गरेर नै मेयरकाे रुपमा उम्मेदवारी दिने हिम्मत गरेकाे बताए । हरेक चुनावमा, जस्ताेसुकै व्यक्ती उठेपनि ठुला पार्टीकाे चुनाव चिन्हलाई मात्र भाेट हाल्ने परिपाटीले देशले काचुली फेर्न नसकेको र अब देश युवाको हातमा दिनुपर्ने भएकाले आफुले विवेकशील साझा पार्टि बाट उम्मेदवारी दिएको बाबु बताउँछन् ।
उनका अनुसार विवकेशील साझाले सुनवल नगरपालिका भित्र मेयरमामा मात्र उम्मेद्बारी दिने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology