Logo

२०८३, आश्विन ९गते


images
images

आज विश्व नृत्य दिवस मनाइँदै

आज विश्व नृत्य दिवस मनाइँदै

images
  • आज विश्व नृत्य दिवस मनाइँदै
    images
    images

    काठमाडौँ  । आज अन्तर्राष्ट्रिय नृत्य दिवस  नेपालसहित विश्वभर विविध कार्यक्रम गरी  मनाइँदै छ ।

    images
    images
    images

    यो दिवस सन् १९८२ देखि यूनेस्कोको सहयोगी एनजीओ अन्तर्राष्टिय नृत्य परिषद्को पहलमा मनाउन थालिएको हो । त्यसयता हरेक वर्ष  अप्रिल २९ मा नृत्य दिवस मनाउने गरिएको छ । 

    images
    images
    images

    यस दिन अर्थात अप्रिल २९ मा जिन जर्जस नोभेरेको जन्मदिन हो, जसलाई आधुनिक ब्याले नृत्यको निर्माता मानिन्छ । दिवसका अवसरमा जनमानसमा नृत्यको महत्व बुझाउने प्रयास गरिन्छ । 

    images
    images
    images

    नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएका देशहरुमा नृत्यकलाको सम्मान, त्यसप्रति मानिसहरुको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लगायत विश्वका विभिन्न मुलुकमा नृत्यकला प्रदर्शन गरिन्छन् । नृत्यकलासँग जोडिएको हिन्दू धार्मिक प्रसंग अनुसार त्रेता युगमा समस्त देवताको अनुरोधमा ब्रम्हाले नृत्यवेद तयार गरेको र त्यहि बेलादेखि नृत्यको उत्पति भएको विश्वास गरिन्छ । नृत्य एक कला हो, जसले लयबद्ध वा संगीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ, नृत्यबिना संसार नै अधुरो हुन्छ । 

    नृत्यको लोकप्रियता बढेसँगै स्वास्थ्यलाई पनि राम्रो गर्ने भएका कारण अहिले जुम्बा, हिपहप, ब्रेक डान्स, बालेट, साल्सालगायतका नाच प्रचलनमा देख्न पाइन्छ । समयको विकासक्रमसँगै नृत्य पेसा व्यावसायिक बनेको छ । अहिले नाच्न सिकाउने प्रशिक्षक भएर वा कार्यक्रममा नृत्य प्रस्तुत गरेर पनि हजारौंले रोजगारी पाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नृत्य दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।