ज्यो. पं कुन्डल कृष्ण महाराज । आज मिति २०७८ बैशाख २० गते सोमबार । तदनुसार ३ मे २०२१ । श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस । l
पञ्चाङ्ग :
वि.सं. वैशाख २०, २०७८ । ई.सं. 03 May, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ चौलागा । चन्द्रमा - उत्तरायण । ऋतु - वसन्त । वार - सोमवार । वैशाख कृष्णपक्ष । तिथि - सप्तमी , १९:०८ बजे उप्रान्त अष्टमी । नक्षत्र - उत्तराषाढा , १३:४५ बजे उप्रान्त श्रवण । योग - शुभ , २६:३८ बजे उप्रान्त शुक्ल । करण - भद्रा ७:४९ बजेदेखि वव , १९:०८ बजे उप्रान्त तैतिल । चन्द्रराशि - मकर । आनन्दादि योग - मृत्यु । दिनमान ३३ घडी ०२ पला । सूर्योदय - ५:२५ । सूर्यास्त - १८:३८ । अन्तराष्ट्रिया प्रेस स्वतन्त्रता दिवस
आजको राशिफल :
मेष (चु,च, चे, चो,ला,ली,लु,ले,लो,अ)
आज मन प्रसन्न रहनेछ । भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)
सन्तान तथा परिवारसंग मतभेदका कारण विवाद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । सरकारी काममा झमेला हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । अध्ययनको क्षेत्र त्यति फलदाइ हुने छैन ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । चीसोले समस्या पार्नेछ । चोटपटकको संभावना । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । प्रेममा सफल हुने दिन छ । मनमा धार्मिक भावना प्रवल रहेको छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
मेहनतसाथ गरेको कामपनि विग्रने छ । यात्रा अर्थपूर्ण हुने छैन । स्वास्थ्यमा समस्या देखिने छ । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । पानीबाट हानीहुने योग छ । काम विग्रने खालको समयछ । आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आकस्मिक धनलाभ हुने योग छ । उपहार प्राप्तिले मन प्र्रसन्न रहने छ । प्रेममा सफल हुने योगछ । व्यवसाय राम्रो रहने छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
घाँटिमा समस्या आउनेछ । पढाइमा मन लाग्ने छैन । मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न उ,गी)
सत्कार तथा मान सम्मान प्राप्त हुने छ । स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । पारिवारीक सुख प्राप्त हुने छ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । व्यर्थ भ्रमण हुनेछ । व्यवसायमा घाटा होला । काममा बाधा उत्पन्न हुनेछ । फजुल खर्च बढनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यवसायमा सफलता मिल्नेछ । पराक्रम बढनेछ । कामहरु बन्दै जानेछन । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology