Logo

२०८३, आश्विन ११गते


images
images

खुकुरी टी-ट्वान्टी कप

खुकुरी टी-ट्वान्टी कप : होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी-ट्वान्टी कप : होराइजन र लुम्बिनी खुकुरीको सहज जित

images
  • खुकुरी टी-ट्वान्टी कप : होराइजन र लुम्बिनी खुकुरीको सहज जित
    images
    images

    भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी-ट्वान्टी कप-२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लब विरुद्ध ५२ रनको जित निकाल्यो ।

    images
    images
    images

    सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ विकेट गुमाएर २ सय ४८ रनको उच्च योगफल खडा गर्यो । जसमा ड्रस सुनारले ६६, अमर मिश्राले ५३, दिलसाद अलीले ३१ र आरिफ खानले १६ रन बनाए । डिभाइनका सुधीर श्रेष्ठले ३, नेलसन सुवेदी, रलेश चौरसिया, बालकुमार यादव, धुरेन्द्र पटेल र सुरज कलवारले समान १-१ विकेट लिए ।

    images
    images
    images

    जवाफी ब्याटिङ गरेको डिभाइन १३ ओभर ४ बलमा अलआउट हुँदै जम्मा ३९ रन मात्रै बनायो । उसका लागि बालकुमार यादवले १० रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा होराइजनका सिव्रिन श्रेष्ठले ५, अलिसन अधिकारी, विप्रसन केसी, प्रिन्स पाल, तुलबहादुर थापा र महेश भरले समान १-१ विकेट हात पारे । खेलमा सिव्रिन श्रेष्ठ प्लेयर अफ द म्याच भए ।

    images
    images
    images

    यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले १९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय २७ रन जोड्यो । जसमा निश्चल चौधरीले ३६, दुर्गेश गुप्ताले २०, सिभान्स कपुरले १६ र सरिक अली मुसलमानले १५ रनको योगदान गरे । सैनामैनाका यदु यादव र विशाल भुसालले ३-३, अनमोल श्रीले २ तथा कृष्ण पन्थी र सुशान्त क्षेत्रीले १-१ विकेट लिए ।

    जवाफमा १ सय २८ रनको लक्ष्य सहित क्रिजमा उत्रिएको सैनामैना १३ ओभर ५ बलमा सबै विकेट गुमाएर ७५ रनमै समेटियो । उसलाई सस्तैमा समेट्न खुकुरीका उत्कर्ष यादव र बैतुल्लाह खानले ३-३, अजयकुमार चौहानले २ तथा प्रशान्त श्रीवास्तव र सिभान्स कपुरले १-१ विकेट लिए । सैनामैनाका अनमोल श्रीसले २२, विशाल भुसालले १९ र राज खनालले १० रन बनाए । खेलमा बैतुल्लाह खान प्लेयर अफ द म्याच भए ।

    लुम्बिनी खुकुरी क्लब, भैरहवाको आयोजनामा जारी प्रतियोगितामा नेपालका १३ तथा भारतका ३ गरी कुल १६ टीमको सहभागिता छ । यही बैशाख १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नन्दन श्रेष्ठले बताए । साथै, म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार ५ सय रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई एक हजार ५ सय प्रदान गरिनेछ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।