Logo

२०८३, कार्तिक २७गते


images
images

समाचार

बारामा अनधिकृत संरचना हटाउन विहिबारसम्मको अल्टिमेटम

बारामा अनधिकृत संरचना हटाउन विहिबारसम्मको अल्टिमेटम

images
  • बारामा अनधिकृत संरचना हटाउन विहिबारसम्मको अल्टिमेटम
    images

    हेटौंडा । सडक डिभिजन कार्यालय हेटौडाले बाराका सडक सीमा भित्र रहेका अनधिकृत संरचना हटाउन अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

    images
    images
    images

    डिभिजनले सूचना प्रकाशित गर्दै विभागको स्वीकृति बिना सार्वजनिक सडक तथा सडक सीमा भित्र निर्माण गरिएका घर टहरा बैशाख १० गते भित्र हटाउन निर्देशन दिएको हो । यसअघि पनि २०७३ पुस १८ र २०५० असार ९ लगायत विभिन्न मितिमा सूचना जारी गरिए पनि अटेर गरिएको कार्यालयले जनाएको छ ।

    images
    images
    images

    सूचनामा महेन्द्र राजमार्गअन्तर्गत पथलैया-चुरियामाई खण्डको ३ नम्बर पुल र चुरियामाई मन्दिर आसपास बाराको क्षेत्रमा सडकको केन्द्रबाट दायाँ-बायाँ २५-२५ मिटर क्षेत्रभित्र रहेका संरचना अझै हटाइएको नपाइएको उल्लेख छ ।

    images
    images

    डिभिजनले सम्बन्धित सबैलाई तोकिएको समयभित्र ती संरचना हटाउन पुनः आग्रह गरेको छ । आदेश कार्यान्वयन नगरे सार्वजनिक सडक ऐन, २०३१ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अनधिकृत संरचना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।