Logo

२०८३, आश्विन ११गते


images
images

आइपिएलमा लखनउमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ५ विकेटले विजयी

आइपिएलमा लखनउमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ५ विकेटले विजयी

images
  • आइपिएलमा लखनउमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ५ विकेटले विजयी
    images
    images

    काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा बैंगलुरुले लखनउलाई ५ विकेटले पराजित गरेको हो । लखनउले दिएको १४७ रनको लक्ष्य पछाएको बैंगलुरुले १५.१ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बैंगलुरुका लागि विराट कोहलीले ४९ रन बनाए भने कप्तान रजत पाटीदारले २७ र जितेश शर्माले २३ रन बनाएका थिए । त्यस्तै लखनउका बलर प्रिन्स यादवले ३ र आभेश खानले २ विकेट लिएका थिए ।

    images
    images
    images

    यस अघि पहिला ब्याटिंग गरेको लखनउले मिचेल मार्शको ४०, मुकुल चौधरीको ३९ र आयुष बदानीले ३८ रनको मद्धतले २० ओभरमा अल आउट हुदै १४६ रन बनाएको थियो । त्यस्तै बैंगलुरुका बलर रसिक सलामले ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ तथा क्रुनाल पाण्डेयले २ विकेट लिएका थिए ।

    images
    images
    images

    यो जितपछि बैंगलुरु ५ खेलमा ८ अंक सहित शिर्ष स्थानमा उक्लिएको छ भने लखनउको ५ खेमा ४ अंक रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।