Logo

२०८३, आश्विन ११गते


images
images

एमाले रुरुक्षेत्र ५ को वडाध्यक्षको उमेदवारमा पदम श्रेष्ठ सर्वसम्मत

एमाले रुरुक्षेत्र ५ को वडाध्यक्षको उमेदवारमा पदम श्रेष्ठ सर्वसम्मत

images
  • एमाले रुरुक्षेत्र ५ को वडाध्यक्षको उमेदवारमा पदम श्रेष्ठ सर्वसम्मत
    images
    images

    माधव ज्ञवाली, गुल्मी । नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका वडा न.५ बम्घामा उमेदवारको टुंगो लागेको छ। वडाध्यक्ष र वडा सदस्यका अकांक्षीहरुको सहमतिमा बनेको ४ जनाको संयन्त्रले टाहाटिम निवासी  पदम श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरेको हो। 

    images
    images
    images

    पार्टीका अनुभवी एवं पुराना नेता दलप्रसाद श्रेष्ठ, मीन प्रसाद श्रेष्ठ, लक्ष्मण ज्ञवाली र नेत्र प्रसाद ज्ञवालीको संयन्त्रले विभिन्न स्थलगत रिपोर्टिङका आधारमा श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरेको थियो।

    images
    images
    images

    श्रेष्ठ यस् क्षेत्रका व्यवसायी पनि हुन् । भन्छन्," ४/५ बर्ष  पहिले सम्म आफू नेतृत्वमा आउनुपर्ने आवश्यकता नदेखेको तर अब युवाको नेतृत्व आवश्यक ठानेकोले वडाध्यक्षको आकंक्षी बनेको हुँ। बितेका ५ बर्षमा बम्घा र यस् क्षेत्रका जनताहरुसङ्ग प्रत्यक्ष सम्पर्कमा रहि उनिहरुको सुख दुख एवं आवश्यकता बुझ्न पाएको छु।"

    images
    images
    images

    ३९ बर्षिया श्रेष्ठ वि.स २०५६ देखिनै एमालेको राजनीतिमा अनौपचारिक रुपमा सक्रिय थिए ।सांगठनिक हिसावले आफू राजनीतिमा लगभग १० बर्ष अघिदेखि सक्रिय रहेको उनी बताउँछन् । आफुले पाका र अग्रज नेताहरुलाई जहिले पनि सम्मान गर्ने र उनिहरुकै सल्लाह सुझावलाई आत्मसात गर्दै नंया सोंच र नंया ढङ्गले यस् क्षेत्रका जनताको लागि काम गर्ने उनको भनाइ छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।