Logo

२०८३, आश्विन ११गते


images
images

करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध

करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध

images
  • करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
    images
    images

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर करण केसीलाई जारी पीएम कपको एक खेलमा प्रतिबन्ध लगाएको छ ।

    images
    images
    images

    करणले सामाजिक सञ्जालमा अम्पायर बारे गरेको टिप्पणीपछि क्यानले उनलाई कारवाही गरेको हो ।

    images
    images
    images

    क्यानले नेपाल पुलिस क्लबबाट खेलिरहेका करणले अम्पायरहरुप्रति सामाजिक सञ्जालको एक पोष्टमा गरेको कमेन्टप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनलाई कारवाही गरेको हो । साथै उनको एक खेलको शतप्रतिशत म्याच शुल्क बराबर जरिवाना समेत गरेको क्यानले जनाएको छ ।

    images
    images
    images

    पीएम कप अन्तर्गत सन्दीप लामिछानेको अम्पायरसँग भएको झगडाको तस्बीर शेयर भएको पोष्टमा करण केसीले खेलका क्रममा खेलाडीले अम्पायरलाई पिटेमा के सजाय हुन्छ भन्दै कमेन्ट गरेका थिए । उनले भनेका थिए- यदि कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने कति खेल ब्यान हो ? जानकारी को लागि ।'

    करणको सो टिप्पणीप्रति अम्पायर संघले आपत्ति जनाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # करण केसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।