Logo

२०८३, आश्विन १०गते


images
images

श्रम स्वीकृति सम्बन्धी प्रचार बोर्ड हटाउन वैदेशिक रोजगार विभागको चेतावनी

श्रम स्वीकृति सम्बन्धी प्रचार बोर्ड हटाउन वैदेशिक रोजगार विभागको चेतावनी

images
  • श्रम स्वीकृति सम्बन्धी प्रचार बोर्ड हटाउन वैदेशिक रोजगार विभागको चेतावनी
    images
    images

    काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी श्रम स्वीकृति सम्बन्धी कार्य गर्ने प्रचार सामग्री हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।

    images
    images
    images

    विभागले शुक्रबार सूचना प्रकाशित गर्दै विभागको कार्यालय प्रवेश गर्ने बाटोको वरपर तथा अन्य स्थानमा समेत रहेका केही साइबर सेन्टर, तालिम केन्द्र (इन्स्टिच्युट) तथा अन्य संस्थाहरूले 'यहाँ श्रम गरिन्छ' वा 'श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ' वा 'श्रम अनलाईन फारम भरिन्छ वा यस्तै अन्य 'श्रम' शब्दको प्रयोग गरी प्रचार-प्रसार गरी वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने, आकर्षण गर्ने, रकम असुल गर्ने वा बिचौलियाको रूपमा समेत कार्य गर्ने कार्य बन्द गर्न आग्रह गरेको हो ।

    images
    images
    images

    श्रम स्वीकृति सम्बन्धी कार्य प्रचलित कानुन बमोजिम वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयहरुबाट मात्र हुने व्यवस्था रहेकोमा सो काममा भ्रम श्रृजना गर्ने गरी हुने गरेका यस्ता लेखन तथा प्रसार तत्काल बन्द गर्न तथा उपरोक्त अनुसारको प्रचार प्रसार गर्ने बोर्ड, होडिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखन लगायतको सामाग्री चैत्र ३० गतेसम्म हटाउन सम्बन्धित सबै व्यवसायी, साइबर, संस्था तथा व्यक्तिहरूलाई यसै सूचनामार्फत निर्देशन दिएको छ । विभागले सो समयसम्म त्यस्ता बोर्ड नहटाएमा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रम स्वीकृति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।