Logo

२०८३, आश्विन ९गते


images
images

आर्टेमिस- २ मिशन अन्तिम चरणमा, चन्द्रमाको परिक्रमा पछि पृथ्वी फर्किँदै

आर्टेमिस- २ मिशन अन्तिम चरणमा, चन्द्रमाको परिक्रमा पछि पृथ्वी फर्किँदै

images
  • आर्टेमिस- २ मिशन अन्तिम चरणमा, चन्द्रमाको परिक्रमा पछि पृथ्वी फर्किँदै
    images
    images

    काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले मानव अन्तरिक्ष उडान क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । नासाका अनुसार आर्टेमिस- २ मिशन सफल प्रक्षेपणपछि अहिले आफ्नो ऐतिहासिक यात्राको अन्तिम चरणमा पुगेको छ ।

    images
    images
    images

    नासाले जानकारी दिँदै अन्तरिक्षयानले चन्द्रमाको परिक्रमा पूरा गरिसकेको र अब पृथ्वी फर्किने क्रममा रहेको जनाएको छ । यसको समुद्रमा अवतरण (स्प्ल्यासडाउन) शनिबार प्रशान्त महासागरमा हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    नासाले अन्तरिक्षयात्रीहरूलाई पृथ्वीमा पुनः स्वागत गर्न उत्साहित रहेको जनाएको छ । यो मिशन पाँच दशकभन्दा बढी समयपछि पृथ्वीको तल्लो कक्षाभन्दा बाहिर मानवको पुनः प्रवेशको प्रतीक मानिएको छ ।

    images
    images
    images

    मिशनका क्रममा चार सदस्यीय टोलीले करिब २ लाख ४८ हजार ६ सय ५५ माइल दूरी पार गर्दै नयाँ कीर्तिमान बनाएको छ। टोलीमा रीड वाइजम्यान, भिक्टर ग्लोभर, क्रिस्टिना कोच र जेरेमी ह्यानसेन रहेका छन्। यात्राको सबैभन्दा टाढाको बिन्दुमा उनीहरू करिब २ लाख ५२ हजार ७ सय ५६ माइलसम्म पुगेका थिए, जसले अघिल्लो अपोलो- १३ को कीर्तिमानलाई उछिनेको छ ।

    अधिकारीहरूका अनुसार यो १० दिनको मिशन गहिरो अन्तरिक्षमा रकेट र अन्तरिक्षयानको क्षमता परीक्षणका लागि सञ्चालन गरिएको हो । चन्द्रमाको नजिकबाट यात्रा गर्नु भविष्यका अभियानका लागि महत्वपूर्ण चरण मानिएको छ ।

    नासाका अधिकारीले यस उपलब्धिले अन्तरिक्ष अन्वेषणमा नयाँ सीमाहरू पार गर्ने प्रतिबद्धता झल्काएको बताएका छन् । अन्तरिक्षयानबाटै एक सदस्यले यो सफलताले पुराना अन्तरिक्षयात्रीहरूको योगदानलाई सम्मान गर्दै नयाँ युगको सुरुवात गरेको उल्लेख गरेका छन् ।

    आर्टेमिस- २ मिशनलाई चन्द्रमामा दीर्घकालीन मानव उपस्थितिको लक्ष्यतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आर्टेमिस- २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।