Logo

२०८३, श्रावण २७गते


images
images

पीएम कपमा आज पनि दुई खेल हुदै

पीएम कपमा आज पनि दुई खेल हुदै

images
  • पीएम कपमा आज पनि दुई खेल हुदै
    images
    images

    काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् ।  आज पीएम कपमा कोशी प्रदेश र एपीएफ क्लबबीच जनकपुरमा खेल हुदैछ । 

    images
    images
    images

    जारी पीएम कपमा कोशी प्रदेश ७ खेलमा एक अंकसहित पुछारमा रहेको छ भने एपीएफ क्लबको ७ खेलमा ७ अंकसहित छैटौं स्थानमा रहेको छ ।

    images
    images
    images

    त्यस्तै आज अर्को खेल मधेश प्रदेश र बागमती प्रदेशबीच पर्सामा खेल हुदैछ । जारी पीएम कपमा मधेश प्रदेशको ६ खेलमा ९ अंक रहेको छ र हाल चौथो स्थानमा छ भने बागमती प्रदेशको ७ खेलमा ६ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ ।

    images
    images
    images

    एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

    प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहेको छ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

    ‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गरिरहेका छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । 

    एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पिएम कप क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।