Logo

२०८३, आश्विन १०गते


images
images

संस्थामा कुनैपनि आर्थिक हिनामिना भएको छैन : हात्तीसुढ टोल विकास संस्था

संस्थामा कुनैपनि आर्थिक हिनामिना भएको छैन : हात्तीसुढ टोल विकास संस्था

images
  • संस्थामा कुनैपनि आर्थिक हिनामिना भएको छैन : हात्तीसुढ टोल विकास संस्था
    images
    images

    बुटवल । हात्तीसुढ टोल विकास संस्थाले कोही कसैबाट रकम लिएर जग्गा सम्वन्धी कागजपत्र नदिएको स्पष्टिकरण दिएको छ । केही दिन अघि केही व्यक्तिहरुले पत्रकार सम्मेलन गरी कागजपत्र दिएको तर जग्गा नदिएको भन्दै समितिका पदाधीकारीहरुलाई आरोप  लगाएका थिए । त्यसको खण्डन गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा टोल समितिले कुनैपनि आर्थिक हिनामिना नभएको जनाएको हो । 

    images
    images
    images

    आरोपको खण्डन गर्दै समितिका अध्यक्ष भिमसेन श्रेष्ठले टोल विकास संस्था जग्गा र लालपुर्जा बाड्ने निकाय नभएकाले कोही कसैलाई त्यस प्रकारको कागजात वितरण नभएको बताए । अव्यवस्थित वसोवासीहरुको विवरण संकलन गर्ने क्रममा बसोवास परिचय पत्र वितरण गरिएको बताउदै उनले त्यसलाई अतिरञ्जीत गरि विषयलाई तोडमोड गरिएको तर्फ संस्थाको ध्यानकर्षण भएको बताए ।

    images
    images
    images


     ‘नक्कली लालपुर्जा वाडेर रकम असुलेको भन्ने जुन आरोप छ । हामी लालपुर्जा बाढ्ने निकाय होईन । लालपुर्जा बाडिएको छैन । भोगचलन गदै वसोबास गर्दै आएकाहरुलाई वसोवास परिचयपत्र वितरण गरिएको छ । यो लालपुर्जा होईन । उनले भने– सुधारीएको टोल देख्न नचाहने व्यक्तिहरुले समितिलाई झुठा आरोप लगायत वद्नाम गर्न खोजिएको मात्र हो ।’

    images
    images
    images


    कोभिडका  कारण टोल संस्थाको नियमित साधारण सभा हुन नसकेको स्वीकार गदै उनले टोलवासीकै सल्लाहमा समितिबाट निर्णय गरी साधारणसभा गरिने बताए ।

    हात्तिसुढ टोल विकास संस्था २०७० सालमा स्थापना भएको र टोलमा विभिन्न सुधारात्मक कार्यक्रम , विकास निर्माण, फोहरमैला व्यवस्थापन, सडकवत्ति व्यवस्थापन,  विकृती विसंगती विरुद्ध जनचेतना जगाउने, कानुनी उपचारको लागि सरोकारवालाहरुलाई सहयोग गर्ने र वडाबाट आउने कार्यक्रमलाई व्यवस्थित र मर्यादीत रुपमा सम्पन्न गर्न सघाउने कार्य गर्दै आएको संस्थाको भनाइ छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।